पोखरा । पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्टको आयोजनामा ‘पिसिएम जब फेयर–२०२५’सम्पन्न भएको छ । नेपाल युवा उद्यमी मञ्च, पोखरासँगको सहकार्यमा कलेज प्राङ्गणमा सम्पन्न फेष्टमा बिबिए, विसिएस आईटीतर्फ सातौँ तथा आठौँ सेमेस्टरमा अध्ययनरत तथा भर्खरै पास आउट समेत झण्डै २ सय विद्यार्थीहरूको सहभागिता रहेको थियो । फेष्टमा सुजल फुड्स, जोन्छे ट्रेडर्स, होटल सरोवर, मिन मार्ट,पोखरा इन्टरनेट, कर्माचार्य ग्रुप लगायत विभिन्न प्रतिष्ठित कम्पनीहरूको स्टलहरू रहेका थिए ।

कलेजका प्राचार्य लीना नेगी श्रेष्ठले विद्यार्थी र व्यवसायीका घरानाबीच सम्बन्ध कायम गराउने सेतुको भूमिका निर्वाह गर्दै कलेजले बिगतदेखिनै यो महोत्सव आयोजना गरेको बताए । ‘विद्यार्थीहरू आफैले खोजे जस्तो रोजगारी प्राप्त गर्नेछन् भने व्यवसायिहरूले पनि चाहे जस्तै दक्ष कर्मचारी प्राप्त गर्ने साझा थलो यो फेष्ट हो’–उनले भने। व्यवसायी घरानाका प्रतिनिधिसँग विद्यार्थीले सिधै साक्षात्कार गर्दा उनीहरूभित्रको आत्माबल पनि बढ्ने नेगीको भनाई छ । 

होटल सरोवरका प्रतिनिधि सायोरी थापाले अहिले होटलमा रोजगारीको अवसर रहेको हुँदा त्यसैका बारेमा जानकारी दिने र उत्कृष्ट कर्मचारीको छनौट गर्ने उद्देश्यले पिसिएम जब फेष्टमा सहभागिता जनाएको बताए । त्यस्तै सुजल डेरीका प्रतिधिनी अमृत तिमिल्सिनाले कलेजले रोजगार खोज्ने र रोजगार दिनेलाई एकै ठाउँमा भेट गराएर सहयोगीको भूमिका निर्वाह गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा कलेजका विसिएस आईटी संयोजक ई.हरिप्रसाद बराल, बिबिए संयोजक हरि अधिकारी, सरोज कुँवर लगायतले समन्वय गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0