पोखरा । राम प्रसाद गुरुङको “ङोल्स्यो मन्सरा” गीत सार्वजनिक भएको छ । गीतमा राम प्रसाद गुरुङ र उषा गुरुङको आवाज सुन्न पाइन्छ । तेजेन्द्र गुरुङको एरेन्जमा तयार भएको गीत रामप्रसादलेनै रचना गरेका हुन् । रचनामा पासाङ गुरुङले साथ दिएका थिए । यो गुरुङ गीत सुर साधना एचडीमा स्टुडियोमा रेकर्ड भएको हो ।
गीतको भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा राम प्रसाद र विपना गुरुङले अभिनय गरेका छन् । उनीहरूको नृत्य सहितको अभिनय मात्र नभएर सुन्दर दृश्य समेतले भिडियोलाई परिपक्क बनाउन सघाएको छ ।
सन्देश गुरुङ एण्ड टिम सिनेमेट्रोग्राफर रहेको भिडियोको सम्पादन प्रवीन नेपालीले गरेका हुन् । भिडियोको निर्माता राम प्रसाद गुरुङ ‘मनाङ’ निर्माता रहेका छन् । जसु गुरुङको निर्देशनमा तयार भएको गीत रामप्रसाद गुरुङ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीत मार्फत दर्शक श्रोताको साथ पाउने गायक राम प्रसाद गुरुङको विश्वास रहेको छ । उनले गीत हेरेर साथ सपोर्ट गर्नका लागि सबैमा आग्रह समेत गरेका छन् ।
भिडियो लिङ्क











