पोखरा । पोखरा ट्रेड मलस्थित क्यूएफएक्समा १४औं युरोपेली चलचित्र महोत्सव जारी छ । महोत्सव नेपालस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले फ्रान्स, जर्मनी, फिनल्याण्ड, अन्य ईयू सदस्य राष्ट्रका दूतावास तथा ब्रिटिश काउन्सिल र युनेस्कोसँग सहकार्यमा आयोजना गरेको हो।  युरोपेली युनियनको सांस्कृतिक अभियानअन्तर्गत शुक्रबार साँझदेखि सुरु भएको महोत्सवमा आज युरोपेली तथा नेपाली लघु चलचित्रहरू, बाफ्टा–मनोनित चलचित्रहरू प्रदर्शन गरिएको छ भने चलचित्रकर्मीसँग संवाद कार्यक्रम समेत भएको छ ।

चलचित्र महोत्सवमा बोल्दै ब्रिटिस काउन्सिलका निर्देशक रुस्तम मोदीले बाफ्टा २०२५ मा मनोनित ३ वटा चलचित्रहरू प्रदर्शन गरिने बताए । अघिल्लो हप्ता युनेस्कोसँगको साझेदारीमा काठमाण्डौमा फिल्म उद्योगको भविष्यबारे संवाद कार्यक्रम गरिएकोमा पोखरामा अब फिल्म उद्योग कसरी अगाडि बढ्न सक्ला? भन्ने विषयमा केन्द्रित रहेर संवाद कार्यक्रम गरिएको बताए ।

युरोपेली सङ्घको नेपाल प्रतिनिधिमण्डल ईईएएसका प्रेस तथा सूचना अधिकारी विद्या महर्जनले महोत्सवमा दर्शकले निःशुल्क रुपमा चलचित्रहरू हेर्न सक्ने बताइन् । सन् २०१८ पछि पहिलोपटक पोखरामा महोत्सव आयोजना गरिएको बताइन् । महोत्सवमा भोलि आइतबार पनि चलचित्रहरू प्रदर्शन हुने छन् । ती चलचित्रहरू दिउँसो १२ बजेबाट सुरु हुने उनले जानकारी दिइन्

ब्रिटिश काउन्सिलको सहकार्यमा आयोजित  ‘चलचित्र उद्योगले अब के गर्ने त’ शीर्षकमा भएको छलफलमा नेपालका चलचित्रकर्मीहरू जसमाया गुरुङ जसु, गौ माया गुरुङ र प्रविण टक्की कार्की ले स्थानीयदेखि अन्तर्राष्ट्रिय फिल्म उद्योगमा कमाउँदै आएका अनुभव साझा गरेका थिए । सो अवसरमा गुरुङ चलचित्र निर्देशन गर्दै आएकी जसमाया गुरुङ जसुले गुरुङ भाषा, संस्कृति जगेर्ना  र त्यसको संरक्षणका लागि पनि आफूले गुरुङ चलचित्रहरूमा काम गर्दै आएको बताइन्

त्यस्तै अभिनेत्री गौमाया गुरुङले मङ्गोलियन अनुहारका व्यक्ति पनि अभिनेत्री बन्न सक्छ भन्ने आत्मविश्वास बनाउन नै आफूलाई समय लागेको बताइन् । बलिउड र हलिउडको दबदबा रहेकोमा अहिले विस्तारै जनजाति समुदायका जनजीवनसँग सम्बन्धित चलचित्रहरू बन्न थालेको उनले अहिले भने सजिलो हुन थालेको बताइन्

यस्तै प्रवीण टक्की कार्कीले नेपालको चलचित्र उद्योग काठमाण्डौमा मात्र सीमित रहेको भन्ने भाष्य तयार भइराख्दा मोफसलमा समेत चलचित्रसम्बन्धी कामहरू भइराखेको बताए । चलचित्रको प्रशासनिक कामहरू काठमाण्डौमा हुने गरेको भएपनि कथावस्तु खोज्न र पात्र खोज्नका लागि अझैपनि मोफसलका गाउँसम्म चलचित्र कर्मीहरु पुग्ने गरेको बताए ।

संवाद कार्यक्रमको सञ्चालन सुनिर पाण्डेले गरेका थिए । यसअघि हिजो शुक्रबार साँझ बरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा महोत्सवको उद्‌घाटन गरिएको थियो । उद्‌घाटन समारोहमा मार्ता सविनाद्वारा निर्देशित १ घण्टा ३७ मिनेट लामो फिल्म ‘द गर्ल फ्रम टुमरो’ देखाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0