पोखरा । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकार उल्टो बाटोमा हिँडिरहेको आरोप लगाएका छन् । शुक्रबार प्रेस चौतारी नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश सरकारले आफ्नै कार्यालयहरू खारेज गरेर उल्टो बाटोमा हिँडिरहेको बताएका हुन् । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका उनले गण्डकी प्रदेश सरकारको यो निर्णय सङ्घीयताको मर्मविपरीत भएको टिप्पणी समेत गरेका छन् । जनताको सेवामुलक संस्थाहरू विघटन गर्ने कार्य सङ्घीयताको मर्मविपरीत रहेको दावी गर्दै प्रदेश सरकारले कार्यालय खारेज गरेर बहादुरी देखाउन खोजेको आरोप उनले लगाए ।

गण्डकी प्रदेश सरकारले केही दिन अघिमात्रै बढ्दो प्रशासनिक खर्च कटौती गर्न ७ वटा निर्देशनालय खारेज गरी मन्त्रालयमा गाभ्ने र १८५ कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको थियो ।

पत्रकार सम्मेलनमा सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा  रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष सुविधा नपाउने बताए । मन्त्री गुरुङले भ्रष्टाचार मुद्दामा जेल बस्ने जोकोहीले पनि समान व्यवहार भोग्नुपर्ने प्रष्ट पारे । लामिछानेकै निवेदनका आधारमा रूपन्देही कारागारबाट नख्खु कारागार स्थानान्तरण गरिएको सन्दर्भमा बोल्दै मन्त्री गुरुङले जसो गर्दापनि सरकारलाई अपजस दिइरहने प्रवृत्ति नै रहेको बताए ।

पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भारत र चीनले नेपाली भूमि लिपुलेक प्रयोग गरेर व्यापार गर्ने सम्झौता गरेकोबारेमा बोल्दै लिपुलेकबाट नेपाल सरकार पछाडि नहटेको बताए । लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको स्वामित्वमा रहेको ठाउँ भएको तथ्य प्रमाण रहेको बताउँदै उनले अब कूटनीतिक माध्यमबाट समस्याको समाधान गर्ने बताए । यसबाहेक सञ्चारमन्त्री  गुरुङले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने विषयमा सत्ता गठबन्धनभित्र कुनै सहमति नभएको स्पष्ट पारेका छन् । उनले यो विषयमा चर्चा भए पनि त्यसले अधिकारिकता नपाएको बताए ।

गुरुङले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने विषयमा सत्ता गठबन्धनभित्र कुनै सहमति नभएको स्पष्ट पारेका छन् । उनले यो विषयमा चर्चा भए पनि त्यसले अधिकारिकता नपाएको बताए । सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको उनले दोहोर्‍याए । सामाजिक सञ्जालमा देखिने विकृति र विसङ्गति रोक्न ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन विधेयक’ ल्याउन लागिएको उनको भनाइ थियो ।

प्रेस चौतारी कास्कीका अध्यक्ष मोतीसागर अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वागत उपाध्यक्ष गिरीधारी पोखरेल र सञ्चालन सचिव अनुप पौडेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0