पोखरा । लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेको नयाँ गीत ‘गुहार गुहार’ सार्वजनिक भएको छ । देशको समसामयिक विषयवस्तुलाई समेटेर तयार पारिएको यो गीत चन्दन डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा तयार भएको हो । गीतमा केशव घिमिरेको शब्द, लय, स्वर रहेको छ भने आवाजमा उनलाई लक्ष्मी बरालले साथ दिएकी छन् ।
गीतको भिडियो समेत आकर्षक बनाइएको छ । गणेश सापकोटा को छायाङ्कन, केशव घिमिरेको परिकल्पना निर्देशन, सुवास अम्गाईको सम्पादन, अङ्किता सापकोटाको शृङ्गार, फलानो क्रियसनको दृश्य निर्माण रहेको गीत लाई ‘केशबघिमिरेअफिसियल’ युट्युब च्यानल मार्फत हेर्न सकिन्छ। न्यून आए भएका, आम्दानी भन्दा खर्च धेरै भएर महङ्गीले निसास्सीएका, आत्तिएका सर्वसाधारण जनताको वास्तविक घट्नालाई गीत मार्फत प्रस्तुत गर्न खोजिएको सर्जक घिमिरेले बताए ।
चर्चित हाँस्यव्यंग्य कलाकार राजेन्द्र नेपाली लटे, टिकटिक बाट उदाएकी कलाकार प्रतीक्षा अधिकारी, मुन्द्रेमान श्रेष्ठ, ऋषि पौडेल, कमल अर्याल लगायत कलाकारको अभिनय यो गीतको भिडियोमा देख्न सकिन्छ।
पर्वतको कार्कीनेटामा जन्मिएका घिमिरे युवा व्यवसायी पनि हुन । पोखरा लाई नै कर्म थलो बनाएर बसेका घिमिरेले युवा व्यवसायी पनि हुन भने ६२/६३ साल यता बाट साङ्गीतिक क्षेत्रमा निरन्तर लागिरहेका छन् । करिब २०० भन्दा बढि गीत बजारमा ल्याइसकेको बताउने घिमिरेको नयाँ गीत हेरेर प्रतिक्रिया दिन दर्शक श्रोतासँग आग्रह गरेका छन् ।
भिडियो लिङ्क
















