पोखरा । नेकपा एमाले पोखरा महानगरपालिका वडा कमिटी–५ ले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ। नेपालीहरूको महान् पर्व विजयादशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको सन्दर्भ पारेर कार्यक्रम आयोजना गरिएको हो ।

एमाले पोखरा महानगरपालिका वडा कमिटी–५ का अध्यक्ष लक्ष्मण बरालले चाडपर्व नेपाली समाजको मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको महत्वपूर्ण आधार भएको बताए। उनले यस्ता पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहकार्य र एकताको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

अध्यक्ष बरालले स्थानीयस्तरमा विकास, सामाजिक सेवा र जनहितका गतिविधिलाई प्राथमिकता दिँदै पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउँदै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

रविन्द्र स्मृति बाटिकामा आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारी, प्रदेश कमिटी सदस्य अञ्जु केसी, जिल्ला अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री, पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्य तथा वडा कमिटी–५ का इन्चार्ज उज्ज्वल खत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वडा कमिटीका सचिव बसन्तराज गौतमले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष पानप्रसाद तिमिल्सिनाले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा सहभागीहरूबीच आत्मीय वातावरणमा शुभकामना आदान–प्रदान गर्दै चियापान गरिएको थियो।

कार्यक्रममा स्थानीय कार्यकर्ता, वडा कमिटीका पदाधिकारी तथा सदस्य, पार्टीका शुभेच्छुक, स्थानीयवासी र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको हभागिता रहेको थियो। सहभागीहरूले नेपाली समाजका मौलिक चाडपर्वले आपसी सद्भाव, भाइचारा, सामाजिक एकता र आत्मीयता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना आदान–प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0