काठमाडौं । हास्यव्यंग्य क्षेत्रका अग्रज कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित चलचित्र ‘म मदनकृष्ण’को छायांकन सुरु भएको छ।

चलचित्रमा अभिनेता महेश त्रिपाठीले मदनकृष्ण श्रेष्ठको भूमिका निर्वाह गर्ने भएका छन्। त्यस्तै, अभिनेत्री केकी अधिकारी मदनकृष्णकी श्रीमतीको भूमिकामा देखिनेछिन्।

चलचित्रमा अभिनेता अरुण क्षेत्रीले चर्चित कलाकार हरिवंश आचार्यको भूमिका निभाउने भएका छन् भने अभिनेत्री वर्षा राउतले हरिवंश आचार्यकी श्रीमतीको भूमिका निर्वाह गर्ने जनाइएको छ।

मदनकृष्ण श्रेष्ठको संघर्ष, कलाकारिता यात्रा तथा नेपाली हास्यव्यंग्य क्षेत्रमा उनले पुर्‍याएको योगदानलाई चलचित्रको मुख्य विषय बनाइएको निर्माण पक्षले जनाएको छ। चलचित्रमा मदनकृष्ण र हरिवंशको चर्चित सहकार्यसँगै उनीहरूको व्यक्तिगत जीवनका विभिन्न पाटालाई समेत प्रस्तुत गरिने बताइएको छ।

छायांकन सुरु भएसँगै चलचित्रमा कलाकारहरूको पात्र चयन र उनीहरूको लुक्सलाई लिएर दर्शकमाझ चासो बढेको छ। विशेषगरी मदनकृष्ण र हरिवंशको भूमिकामा देखिन लागेका कलाकारहरूको रूपान्तरणलाई चलचित्रप्रेमीले चासोका साथ हेरिरहेका छन्।

‘मदनकृष्ण’को जीवन, संघर्ष र नेपाली कला क्षेत्रमा उनको योगदानलाई पर्दामा कसरी प्रस्तुत गरिन्छ भन्ने विषयमा समेत चलचित्रप्रति दर्शकको उत्सुकता बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0