पोखरा । कपडा व्यवसायी एशोसियसन कास्की अध्यक्षमा रामचन्द्र तिमिल्सिना निर्वाचित भएका छन् । शनिबार पोखरामा आयोजना गरिएको एशोसियसनको २५ औँ साधारण सभा तथा १३ औँ अधिवेशनबाट अध्यक्षका अर्का प्रत्यासी लक्ष्मण न्यौपानेलाई पराजित गर्दै तिमिल्सिना अध्यक्षमा निर्वाचित भएका हुन् । तिमिल्सिनाले ७० मत प्राप्त गर्दा न्यौपानेले ४४ मत प्राप्त गरे । यसैगरी महासचिवमा विरेन्द्र कुँवरलाई पराजित गर्दै नारायण अधिकारी निर्वाचित भए । अधिकारीले ६१ मत प्राप्त गर्दा कुँवरले ५० मत प्राप्त गरे ।
अध्यक्ष र महासचिवमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन भएको थियो । बाँकी पदमा भने सर्वसम्मत भएको जनाइएको छ । जस अनुसार बरिष्ठ उपाध्यक्षमा चोक बहादुर गुरुङ, उपाध्यक्षमा पूर्ण बहादुर थापा, सचिवमा जुना नारल क्षेत्री र कोषाध्यक्षमा दिपेन्द्र राज आचार्य रहेका छन् । यसैगरी सदस्यमा मनोज श्रेष्ठ, राजु सुनार, विजय बिक्रम दाहाल, विकास भालेठिय र सपना गिरी चयन भएका छन् ।
















