पोखरा । पोखरा महानगरपालिका–११ फूलबारीस्थित शिवशक्ति माध्यमिक विद्यालयमा शुक्रबार मावि स्तरीय सदनात्मक नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूमा शुद्ध भाषा प्रयोग, शब्द ज्ञान र भाषिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा निलो सदन प्रथम तथा रातो सदन द्वितीय भएको विद्यालयले जनाएको छ।

प्रतियोगितामा विभिन्न सदनका विद्यार्थीहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए । प्रतिस्पर्धामार्फत विद्यार्थीहरूको नेपाली भाषाप्रतिको रुचि, आत्मविश्वास र सिकाइ क्षमतामा थप टेवा पुगेको विद्यालयको विश्वास छ। विद्यालयका प्रधानाध्यापक बालकृष्ण बास्तोलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक भोजराज बाँस्तोलाले गरेका थिए ।

विद्यालयले शुक्रबार नै कक्षा ३ देखि ७ सम्मका विद्यार्थीहरूका लागि चित्रकला प्रतियोगिता पनि आयोजना गरेको छ । प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो सिर्जनशीलता र कलात्मक प्रतिभा प्रस्तुत गरेका थिए ।

हिज्जे तथा चित्रकला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विद्यालयको विशेष समारोहका अवसरमा पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ । विद्यालयले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको बौद्धिक, भाषिक तथा सिर्जनात्मक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0