पोखरा । गण्डकी प्रदेशका खेलकुद क्षेत्रका उत्कृष्ट प्रतिभालाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको “दशौँ रारा पोखरा स्पोर्टस् अवार्ड–२०८२” यही वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने भएको छ । यसअघि वैशाख १८ का लागि तय गरिएको कार्यक्रम विशेष कारणवश सारिएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । वि.सं. २०५७ सालमा कास्कीबाट स्थापना भइ हाल गण्डकी प्रदेशस्तरमा विस्तार भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी ले २०७२ सालदेखि नियमित रूपमा पोखरा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको छ ।

मञ्चले खेलाडीहरूको मनोबल उच्च राख्न र खेलकुद क्षेत्रको समग्र विकासमा टेवा पुर्‍याउन यस्तोअ वार्ड कार्यक्रमलाई निरन्तरता दिएको हो ।यस वर्षको अवार्डमा ९ विधामा सम्मान प्रदान गरिनेछ । जसमा वर्ष खेलाडी पुरुष र महिला, पिपुल्स च्वाइस अवार्ड, लाइफ टाइमअचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ/संस्था वा क्लब,स्पेशल अवार्ड र उत्कृष्ट खेल पत्रकार अवार्ड समावेश छन् । यसपटक पिपुल्स च्वाइस र स्पेशल अवार्ड थप गरिएको विशेषता रहेको छ । कार्यक्रमको मुख्य प्रायोजक हिमश्री फूड्स प्रालिको ‘रारा तयारी चाउचाउ’ रहेको छ भने पिपुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर र स्पेशल अवार्डका लागि नेलम्बो नेपालले प्रायोजन गरेका छन् ।

 अवार्ड प्रक्रियालाई पारदर्शी बनाउन मञ्चले प्रतिभा छनोट उपसमिति समेत गठन गरेको जनाएको छ । पिपुल्स च्वाइस अवार्डका लागि विभिन्न ५ जना खेलाडीहरुको मनोनयन सार्वजनिक भई भोटिङ प्रकृया समेत जारी रहेको छ । जसमा मनोनयनमा पर्नेमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी,क्रिकेटका विपिन खत्री र मुवाथाई/आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा रहेका छन । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0