पोखरा।  पोखरा न्युरोडमा रहेको पोखरा हर्बल होम्समा निःशुल्क हेयर चेकअप एण्ड ट्रिटमेन्ट क्याम्प सम्पन्न भएको छ । आइतबार ऋषि आदिवासी हेयर आयलको तर्फबाट सो क्याम्प सञ्चालन भएको हो । विशेषगरी कपालको समस्याबाट पीडित भएकाको लागि लक्षित गरेर आयोजित सो क्याम्पमा निःशुल्क कपालको जाँच गरिएको पोखरा हर्बल होम्सका सञ्चालक कुमार प्रसाद बरालले जानकारी दिए । क्याम्पमा ऋषि आदिवासी ब्रिङ्गामुलिका हर्बल हेयर आयल कम्पनीका आरके गुप्ताले कपालको निःशुल्क जाँच गरेका थिए । गुप्ताले ऋषि आदिवासी ब्रिङ्गामुलिका हर्बल प्रडक्टमार्फत एक सय मध्ये ७० प्रतिशत मानिसमा नयाँ कपाल उमार्न र ९९ प्रतिशत कपाल झर्न रोक्न सफल भएको बताए ।

क्याम्पमा कपाल जाँचपश्चात् १ सय ८ वटा जडिबुटी मिश्रित ऋषि आदिवासी ब्रिङ्गामुलिका हर्बल हेयर आयल प्रोडक्टहरू समेत बिक्री वितरण गरिएको छ । ऋषि आदिवासी हर्बल हेयर आयल प्रयोग गर्दा माइग्रेनका बिरामीहरूलाई टाउको दुख्न निको हुने गुप्ताले बताए ।

केही समयदेखि पोखरामा बिक्री भइरहेको यो तेलको प्रयोगकर्ताबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । यो तेल पोखराका कस्मेटिक पसलमा पाइन्छ भने न्युरोडमा रहेको सो रुममा पुगेर समेत खरिद गर्न सकिन्छ । यो तेलको मूल्य २ सय ५० एमएलको लागि एमआरपी १ हजार ५ सय रुपैयाँ रहेको छ भने  ५ सय एमएलको लागि २ हजार ८ सय रुपैयाँ एमआरपी रहेको छ । यसको स्याम्पु र सिरम समेत राम्रो रहेको कम्पनीले जनाएको छ । झण्डै ६ महिनामा यसको पूर्ण रुपमा नतिजा देखिने भएकोले गुणस्तरीयता हिसाबले यसको प्रयोग गर्न कम्पनीको सुझाब छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0