पोखरा । शुक्रबारबाट सुरु भएको  ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  अन्तरगत शनिबार पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताका ७ खेल सम्पन्न भएका छन्  । प्रचार प्रसार संयोजक ईश्वर अधिकारीले दिएको जानकारी अनुसार शनिबारको भ्यु पोइन्ट एफ सी  र आर एस पोखरा एफ सी बीचको पहिलो खेलमा पेनाल्टी सुट आउटमा आर एस पोखरा विजयी भयो ।  निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो । पेनाल्टी सुटआउटमा आर एस ३–२ गोल अन्तरले विजयी भएको हो । यो खेलमा आर एस पोखराका सदीस कार्की म्यान अफ दि म्याच घोषित भए । 

दोस्रो खेलमा एस एस एप सीले वाक ओभर दिए पश्चात सूर्य तारा क्लब सी विजयी भयो । तेस्रो खेलमा स्याङ्जा एफसीले पेनाल्टी सुट आउट मार्फत बाजी मार्‍यो । काउले एफसीसँग खेलेको स्याङजाले निर्धारित समयमा गोल रहित बराबरी भएपछि पेनाल्टी सुटआउट मार्फत स्याङ्जाले ३–२ गोल अन्तरको जित निकालेको हो ।

चौथो खेलमा विपिन एफसी ए टिमले रामघाट एफ सी सेतोलाई पेनाल्टी सुट आउटमा  २–१ अन्तरले पराजित गर्‍योनिर्धारित समयमा दुवैतर्फबाट गोल हुन सकेन । याे खेलमा विपिनका सिदन श्रेष्ठ मेन अफ दि म्याच बने ।

 शनिबारको पाँचौ खेलमा सूर्य तारा क्लब पोखराले नमस्ते पार्टी प्यालेसलाई ३–० गोल अन्तरले पराजित गर्‍यो । खेलमा सूर्य ताराका राज कुमार कुँवर मेन अफ दि म्याच घोषित भए ।  छैटौँ खेलमा रामघाट एफ सी  ग्रीनले आर एस पोखरा एफसीलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्‍यो । यो खेलमा रामघाटका सुशान्त गुरुङ म्यान अफ दि म्याच घोषित भए ।  पोखरा २९ वडा कार्यालय र स्याङ्जा युथ क्लबबीच भएको शनिबारको अन्तिम खेलमा स्याङजा १–० गोल अन्तरले विजयी बन्यो । यो खेलमा स्याङजाका आइत तामाङ म्यान अफ दि म्याच घोषित भएको प्रचार संयोजक अधिकारीले जनाए । यस अगाडि शुक्रबार पाँच खेल सम्पन्न भएको थिए । 

पुरुष सेभेन ए साइड फुटबल प्रतियोगितामा कुल १८ टिम क्लब अध्यक्ष विष्णु पुनले जानकारी दिए ।  यी टिमलाई दुई समुहमा विभाजन गरिएको छ ।  सेभेन ए साइड फुटबल प्रतियोगितामा प्रथम हुनेले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्ने अध्यक्ष पुनले बताए । द्वितीय हुने टोलीले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र पाउने अध्यक्ष पुनको भनाइ छ । 

फुटबलका अलावा महोत्सवमा खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत महोत्सवको आकर्षणको रुपमा रहेका छन् ।

महिला डोरी तान प्रतियोगितामा विजेताले ५५ हजार ५५५ रुपैयाँ, उपविजेताले ३३ हजार ३३३ रुपैयाँ र तेस्रो हुने टोलीले २२ हजार २२२ रुपैयाँ पुरस्कार पाउनेछ । खुल्ला ‘स्लो’ महिला स्कुटर रेसमा पहिलोदेखि चौथो स्थान हासिल गर्नेले क्रमशः ३३ हजार, २२ हजार, ११ हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था गरिएको छ । जातीय संघ-संस्थाको झाँकी प्रदर्शनीतर्फ उत्कृष्ट तीन समूहलाई क्रमशः ४४ हजार, ३३ हजार र २२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिनेछ ।

‘स्पोर्ट्स फर टुरिजम’ भन्ने मूल नाराको साथ आयोजना  भएको तेस्रो सूर्य तारा खेलकुद एवं सांस्कृतिक महोत्सव २०८२ मा डोरीतान सङ्घ गण्डकी प्रदेशले सहकार्य गरेको छ ।  प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फूड्स प्रालि, हिमालयन ब्रुअरी प्रालि, आदर्श हार्डवेयर पोखरा २९ रहेका छन् । इनर्जी ड्रिङ्क्स पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिङ्क्स,  प्रवर्द्धकमा पोखरा महानगरपालिका कार्यालय र प्रदेश खेलकुद परिषद् गण्डकी, विशेष सहयोगीको रुपमा रूपा गाउँपालिका कार्यालय, पोखरा महानगरपालिका वडा नं २९ रहेको छ ।  

सहयोगी संस्थाहरूमा जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, डोरीतान सङ्घ कास्की, आदर्श युवा क्लब, लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ खानेपानी उपभोक्ता संस्था, नमस्ते पार्टी प्यालेस, एटलस डिजाइन एण्ड प्रिन्ट तालचोक, स्थानीय आमा समुह, स्थानीय टोल विकास संस्थाहरू  रहेका छन् । हेल्थ पार्टनरमा फेवा सिटी हस्पिटल प्रालि, वडा स्वास्थ्य केन्द्र पोखरा २९ रुद्र मेडिकल हल तालचोक रहेका छन् ।

‘समृद्ध समाज, हाम्रो परिकल्पना’ भन्ने उद्देश्यका साथ २०७५ सालमा स्थापना भएको क्लबले खेल महोत्सवका अलावा विभिन्न सामाजिक कार्य मार्फत आफ्नो सक्रियता बढाइरहेको छ । खेल महोत्सव चैत्र ३० गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0