पोखरा । प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फ ८० लाखभन्दा धेरै मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै आधा मत पाएको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार समानुपातिकतर्फ ८० लाख ३६  हजार ६०३ मतगणना भएको छ । यसमध्ये रास्वपाले ३८ लाख ६६ हजार ६२० मत मत पाएको छ ।

यसैगरी नेपाली काङ्ग्रेसले १३ लाख १० हजार २३८, नेकपा एमालेले ११ लाख १० हजार ६६१  र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ५ लाख ७१ हजार ८८६ मत पाएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ लाख ६९ हजार ८५९ मत ल्याउँदा श्रम संस्कृति पार्टीले २ लाख ८० हजार ३४६ र जनता समाजवादी पार्टी (जसपा) नेपालले १ लाख १९ हजार १४१ मत ल्याएका छन् । प्रतिनिधिसभा चुनावमा झन्डै १ करोड १० लाख मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0