पोखरा । पोखरा महानगरपालिका–३२ खुदी खोलाको एउटा बस्तीका सबै युवा एमाले प्रवेश गरेका छन् । खुदी खोला एक नम्बर बस्तीका प्रभावशाली  युवा निर्वाचनको मुखमा आइतबार एमाले प्रवेश गरेका हुन् ।

एमाले नेता एवं गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङ, एमाले जिल्ला सचिव दर्शन लामासहितको टोलीले उनीहरुलाई पार्टीमा स्वागत गर्‍यो ।

स्थानीय मिलन लामाको नेतृत्वमा लक्ष्मण क्षेत्री, मनिष न्यौपाने, महेन्द्र थापा, बुद्धि तामाङसहित ४० युवा एमाले प्रवेश गरेका हुन् । उनीहरुले कास्की १ मा एमालेका उम्मेद्वार बैनबहादुर क्षेत्री अधिकारीलाई जिताउन सक्रिय भएर लाग्ने सामूहिक घोषणा गरेका छन् ।

कास्की–१ को विकास निर्माणमा एमालेको योगदान प्रशंसनीय रहेको र यही पार्टी देशलाई आवश्यक रहेकाले आफूहरु प्रवेश गरेको स्थानीय मिलन लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0