पोखरा । जनज्योति माध्यमिक विद्यालय पोखरा २८ कालिकाको पूर्व विद्यार्थी तथा शिक्षकहरूको पहिलो पटक औपचारिक रुपमा बृहत् भेला, पुनर्मिलन तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।जनज्योति मावि भूपू विद्यार्थी मञ्चका संयोजक कीर्तिबल्लभ त्रिपाठीको अध्यक्षतामा पोखरा–२६ स्थित नमस्ते पार्टी प्यालेसमा आयोजना गरिएको सो कार्यक्रममा ठुलो सङ्ख्यामा भूपू विद्यार्थी शिक्षकहरू सहभागि भएका थिए । वि.स. २०१६ सालमा स्थापना भएको विद्यालयले २०२६ सालदेखि एसएलसी परीक्षामा समावेश हुँदै आएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी विश्व विद्यालयका कुलपति प्रा.डा.ईन्द्र प्रसाद तिवारीले आफू यस विद्यालयको विद्यार्थी हौँ भन्दा गर्व लाग्ने गरेको बताउँदै अबको शिक्षा प्राबिधिक शिक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले विद्यालयको भौतिक, सामाजिक र शैक्षिक विकासमा सबैको योगदान अपरिहार्य रहेको बताए । कार्यक्रममा विद्यालयका भूपू विद्यार्थी तथा सितलादेवी मावि पोखरा १२ प्रधानाध्यापक बाबुराम अधिकारीले विद्यालयको विगत र वर्तमान अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मञ्चका सल्लाहकार हरि प्रसाद त्रिपाठी संस्थापक विद्यार्थी रामभक्त भण्डारी भूपू विद्यार्थी ऋषिराम त्रिपाठी, शुक्रराज अधिकारी लगायतले बोलेका थिए । कार्यक्रममा जनज्योति माविमा २०१६ मा सम्मीलित पूर्व विद्यार्थीहरू तथा कार्यक्रमलाई सहयोग गर्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
जनज्योति मावि भूपू विद्यार्थी मञ्चका संयोजक कीर्तिबल्लभ त्रिपाठीको अध्यक्षतामा भएको भूपू विद्यार्थीहरूको बृहत् भेला, पुनर्मिलन तथा बनभोज कार्यक्रमको सञ्चालन सचिव गुरु प्रसाद त्रिपाठीले गरेका थिए भने धन्यवाद ज्ञापन मञ्चका सह संयोजक श्याम प्रसाद तिमल्सेना गरेका थिए ।
भूपू विद्यार्थी मञ्चका संयोजक कीर्तिबल्लभ त्रिपाठी संयोजक रहेको समितिको विशेष सक्रियतामा लामो कसरतपछि भएको भूपू विद्यार्थीहरूको बृहत् भेला, पुनर्मिलन तथा बनभोज कार्यक्रममा ठुलो सङ्ख्यामा भूपू विद्यार्थी शिक्षकहरू सहभागि भएका थिए ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति, आपसी परिचय, स्मरणीय क्षणको साझा र आगामी योजनाबारे समेत छलफल भएको थियो । आगामी दिनमा भूपू विद्यार्थीहरूबीच नियमित सम्पर्क, सहयोग र सहकार्य कायम गर्दै विद्यालयको शैक्षिक, भौतिक तथा सामाजिक विकासमा थप टेवा पुर्याउने दीर्घकालीन उद्देश्य समेत मञ्चले अघि सारेको छ ।
माछापुच्छ्रे हिमालको सम्मुखमा अवस्थित जनज्योति माध्यमिक विद्यालय प्राकृतिक सौन्दर्यसँगै शैक्षिक गरिमाका कारण कास्की जिल्लाकै विशिष्ट विद्यालयका रूपमा चिनिन्छ । ग्रामीण परिवेशमा स्थापना भएर पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको स्थानीयको भनाइ छ । अनुशासन, मेहनत र सामाजिक मूल्यमा आधारित शिक्षाले यहाँका विद्यार्थीलाई सक्षम नागरिक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
















