पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लबले थाइल्याण्ड क्विन्सलाई सोझो सेटमा पराजित गरेसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा न्यु डायमन्डले थाइल्याण्डलाई ३–० को सोझो सेटमा पराजित गर्‍योन्यु डायमन्डले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको हो । न्यु डायमन्ड अपराजित रहँदै फाइनलमा पुगेको हो ।

थाइल्याण्ड पराजित भएसँगै ४ खेलबाट ७ अङ्क जोडेको पुलिस फाइनलमा प्रवेश गरेको हो । थाइल्याण्डले ४ खेलबाट ६ अङ्क प्राप्त गर्‍यो । अब महिलातर्फको उपाधिका लागि न्यु डायमन्ड र नेपाल पुलिस क्लब भिड्नेछन् । तेस्रो स्थानका लागि थाइल्याण्ड क्विन्स र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिष्पर्धा हुनेछ । तेस्रो स्थानका लागि भोलि र फाइनल खेल पर्सि हुनेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0