पोखरा । पोखरामा  छैटौँ संस्करणको ‘पोखरा विद्यालय नाटक महोत्सव २०८२’ सुरु भएको छ । पोखरा थिएटरले आयोजना गरेको यो महोत्सव पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिबारबाट सुरु भएको हो । महोत्सवको उद्‌घाटन शैक्षिक व्यक्तित्व प्रेम नारायण पोखरेलको प्रस्तुतीबाट सुरु भएको थियो । उनको सन्देशमूलक प्रस्तुती पश्चात  कक्षामा मञ्च संवाद कार्यक्रम आयोजना गरियो । संवाद कार्यक्रममा शैक्षिक व्यक्तित्वहरू  प्रेम नारायण पोखरेल र दिनेश कुमार श्रेष्ठ वक्ताको रुपमा थिए । संवाद कार्यक्रमको सहजिकरण पोखरा थिएटरका संस्थापक अध्यक्ष परिवर्तनले गरेका थिए ।  

संवाद कार्यक्रममा बोल्दै पोखरेलले विगतदेखि अहिलेसम्म सबैले बच्चाले सुनेनन्  भन्ने गुनासो आउने गरेको सुनाए । उनले विद्यार्थीले नसुन्ने नभएर होइनकी शिक्षक तथा अभिभावकले बच्चालाई नसुन्ने भएको कारण समस्या भएको बताए । अर्का वक्ता श्रेष्ठले शिक्षक एउटा राम्रो अर्गनाइजर समेत भएको कारण उसले क्लास रुममा गर्ने तयारीले नै बच्चामा सिकाइमा प्रभाव पार्ने उल्लेख गरे ।

माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न विद्यालयले तयार पारेका नाटक मञ्चन हुनेछन् । पहिलो दिनमा कास्की मोडर्नाइज्ड एकेडेमी चाउथेको यमद्वार नाटक मञ्चन भयो । यो नाटक रङ्गकर्मी रमेश तिमल्सिनाको निर्देशनमा तयार भएको हो ।  अजय कुमार जिसीले लेखेको नाटकमा  नाटकमा कृपा सापकोटा, सुजता क्षेत्री, दिप्तिका गुरुङ, जमुना सुनार, सिम्रन पाठक, सखी गुरुङ, प्रमिशा बस्याल, विमर्श पोख्रेल, सोनिसा भण्डारी, आस्मा कारञ्जीत, दिवस थकाली, सेरिजा थापा, शुभम् मानन्धर, सुशान्त ताम्राकार, अरुण श्रेष्ठ लगायतको अभिनय गरे । कास्की मोडनाइज्ड एकेडेमीको प्रस्तुतीमा मञ्चन भएको यो नाटक माघ ११ गते बिहान साढे १० बजे, १२ बजे र साढे १ बजे समेत यो नाटक मञ्चन गर्ने बताइएको छ

यसका अलावा महोत्सवमा छोरेपाटन मावि छोरेपाटनको पार्वती, माउन्ट अन्नपूर्ण मावि नदीपुरको फेरि त्यो फर्कला, भानुभक्त आवासीय मावि सिमपानीको रोल नं.४, एसओएस हर्मन माइनर स्कुल गण्डकीको किताब भित्र किताब बाहिर, सोसल पब्लिक स्कुल रामबजारको किनारा विहीन किनारा र प्रगति माध्यामिक विद्यालयको भात नाटक समेत महोत्सवमा मञ्चन हुनेछ । महोत्सवमा पढाइको पासवर्ड के हो, द पावर बिहाइन्ड द स्कुल गरी तीनवटा संवाद कार्यक्रम सञ्चालन हुनेछ । यसैगरी अभिनय प्रतियोगिता, टिचर अनप्लग्ड लगायत समेत महोत्सवको आकर्षणको रुपमा रहेको छ ।

 ‘नाटकबाट शिक्षा, सिकाइमा नवीनता’ नाराका साथ आयोजना गरिएको महोत्सवलाई विगतमा भन्दा थप विशेष र परिष्कृत बनाउन खोजिएको अध्यक्ष परिवर्तनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0