पोखरा । पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन । जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका विजय बिकले हात पारेका छन । निर्धारित दूरी पाँच कि.मि.  ८ मिनेट ४० सेकेन्ड २४ मिलिसेकेन्डमा पार गर्दै बिकले दौडको उपाधि जितेका हुन ।

दौडमा सेन्ट फ्रान्सिसकै राज परियारले निर्धारित दूरी ८ मिनेट ५४ सेकेन्ड ५४ मिलिसेकेन्डमा पार गर्दै दोस्रो भए । त्यसैगरी केल्स एकेडेमीका आनन्द कुँवरले निर्धारित दूरी ८ मिनेट ५५ सेकेन्ड १७ मिलिसेकेन्डमा पार गर्दै तृतीय स्थान पक्का गरे । दौडमा रेम्बो एकेडेमीका रोनाल थापाले सान्‍त्‍वना स्थान हासिल गरे ।

महिला तर्फको पाँच किमि दौडको उपाधि सेन्ट मेरिजकी समृद्धि मार्सलले जितिन । मार्सलले निर्धारित दूरी ११ मिनेट ११ सेकेन्ड ९३ मिलिसेकेन्डमा पार गर्दै उपाधिको रक्षा गरिन ।

दौडमा निर्धारित दूरी १२ मिनेट १७ सेकेन्ड ३७ मिलिसेकेन्डमा पार गर्दै सेन्ट मेरिजकै प्राप्ति श्रेष्ठले दोश्रो स्थान हासिल गरिन । त्यस्तै थ्री एन्जलकी छात्रा ओमेगा शाहीले निर्धारित दूरी १२ मिनेट २४ सेकेन्ड ९९ मिलिसेकेन्डमा पार गर्दै दौडमा तेस्रो स्थान सुरक्षित गरिनभने सेन्ट मेरिजकी दिव्याले सान्‍त्‍वना स्थान हासिल गरिन ।

महोत्सवको अन्तिम दिन शनिवार महानगर स्तरीय साइकल दौड, ह्विलचेयर दौड, ह्विलचेयर बास्केटबल प्रतियोगिता, आमा समुह तथा टोल विकास संस्था स्तरीय महिला भलिबलको फाइनल खेल र पुरुष तर्फ टोल विकास संस्था तथा क्लब बीचको फाइनल फुटबल प्रतियोगिता सँगै समापन समारोह हुने महोत्सव आयोजक पोखरा महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0