पोखरा । पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिबल, फूटबल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटबलको उपाधि एस ओ एस गण्डकीले विद्यालय स्तरीय फुटबलको उपाधि हात पारेको छ । विद्यालय स्तरीय फुटबलको फाइनलमा एस ओ एस गण्डकीले भ्यू प्वाइन्ट सेकेन्डरी बोर्डिङ स्कुललाई ३–१ को गोल अन्तरले पराजित गर्दै विद्यालय स्तरीय फुटबलको उपाधि हात पारेको हो ।
त्यसैगरी टोल तथा क्लब स्तरीय फुटबलमा स्यानी मजुवा टोल विकास संस्था बसुन्धरा मार्ग  दिव्यज्योति क्लब फाइनलमा प्रवेश गरेका छन । फाइनल खेल महोत्सवको अन्तिम दिन माघ १० गते समापन समारोह अगाडि आयोजना गरिने खेलकुद कार्यक्रमका संयोजक आशिष भण्डारीले जानकारी दिए ।

महानगर स्तरको विद्यालयस्तरीय यूनी हक्की प्रतियोगिताअन्तर्गत सम्पन्न सेमिफाइनल, तेस्रो स्थान तथा फाइनल खेलहरूमा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । छात्र तथा छात्रा दुवै तर्फ उत्कृष्ट प्रदर्शन गर्दै सेन्ट फ्रान्सिस विद्यालयले उपाधि जित्न सफल भएको छ । छात्रातर्फको पहिलो सेमिफाइनल खेलमा सेन्ट फ्रान्सिसले कालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा विभूति विद्यालयलाई ४–२ गोलले हराउँदै शुक्रराज बलभद्र विद्यालय फाइनलमा प्रवेश गर्‍यो

छात्रातर्फ तेस्रो स्थानका लागि भएको खेलमा कालिकाले विभूतिमाथि ५–० को फराकिलो जित हात पार्दै तेस्रो स्थान सुरक्षित गर्‍यो । फाइनल खेलमा सेन्ट फ्रान्सिसले सुकराज बलभद्र विद्यालयलाई ५–१ गोलले पराजित गर्दै छात्रातर्फको उपाधि जित्यो ।

छात्रतर्फको पहिलो सेमिफाइनल खेलमा सेंट फ्रान्सिसले एसओएस विद्यालयलाई १८–० को एकतर्फी जित दर्ता गर्दै फाइनलमा स्थान बनायो । दोस्रो सेमिफाइनल खेलमा कालिकाले नेपाल भारत विद्यालयलाई ९–४ गोलले पराजित गर्‍यो

छात्रतर्फ तेस्रो स्थानका लागि भएको खेलमा एसओएस विद्यालयले नेपाल भारत विद्यालयलाई ४–२ गोलले हराउँदै तेस्रो स्थान हासिल गर्‍यो। फाइनल खेलमा सेन्ट फ्रान्सिसले कालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै छात्रतर्फ पनि उपाधि आफ्नो पक्षमा पार्न सफल भयो ।

त्यसैगरी पुरुष सडक दौड प्रतियोगितामा सुनगाभा जाल्पामार्ग टोल बिकास संस्थाका क्या. याम बहादुर राना प्रथम भए । घलेचोकदेखि  महोत्सव स्थल वनविज्ञान अध्ययन संस्थान सम्म सम्पन्न दौडमा रानाले ५ मिनेट, ८ सेकेण्ड २५ मिलिसेकेण्डमा पार गरेका थिए । त्यसैगरी दौडमा तल्लो नयाँगाउँ टोल विकास संस्थाका क्या. ठाकुर बहादुर थापा मगरले निर्धारित दूरी ५ मिनेट १५ सेकेण्ड ४६ मिलिसेकेण्डमा पार गर्दै दोस्रो स्थान हासिल गरे । त्यसैगरी निर्धारित दुरी ५ मिनेट १७ सेकेण्ड ७६ मिलिसेकेण्डमा पार गर्दै कोलपाटन टोल विकास संस्थाका ओम बहादुर खोर्जाले तृतीय स्थान हासिल गरे । दौडमा गलेश्वर युवा क्लबका सन्तोष भण्डारी र तल्लो नयाँगाउँ टोल विकास संस्थाका तिल बहादुर रानाले सान्‍त्‍वना स्थान हासिल गरे ।

त्यसैगरी महिला तर्फको सडक दौडमा जन जागृती आमा समुहकी पोम कुमारी बुढा प्रथम भए । ट्याक्सी चोकदेखि महोत्सव स्थल वनविज्ञान अध्ययन संस्थान सम्म सम्पन्न दौडमा बुढाले ३ मिनेट ११ सेकेण्ड ८० मिलिसेकेण्डमा पार गर्दै महिला तर्फको दौडको उपाधि हात पारेकी हुन ।

त्यसैगरी एकता आमा समुहकी मन माया रानाले निर्धारित दुरी ३ मिनेट १२ सेकेण्ड ८३ मिलिसेकेण्डमा पार गर्दै दोस्रो स्थान हासिल गरिन । स्यानी मजुवा आमा समुहकी बसन्ती आलेले निर्धारित दूरी ३ मिनेट २० सेकेण्ड ६६ मिलिसेकेण्डमा पार गर्दै तेस्रो स्थान हासिल गरिन । संगम टोल महिला समुहकी रुपा बरुवाल र जनजागृती आमा समुहकी मिना कुमारी थापाले सान्‍त्‍वना स्थान हासिल गरिन । 

त्यसैगरी क्लब तथा टोल विकास संस्था बीचको भलिवल प्रतियोगितामा चन्द्रसूर्य क्लबले उपाधि हात पारेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा गलेश्वर युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो । प्रतियोगितामा चन्द्र सूर्यले २५–१८, २५–१६ र २५–१६को सेटले गलेश्वर युवा क्लबलाई पराजित गरेको प्रतियोगिता संयोजक आशिष भण्डारीले जानकारी दिए ।

त्यसैगरी शहरी स्वास्थ्य केन्द्र पोखरा १५ मा आयोजित क्षयरोग सम्बन्धी  ए आई एक्सरे जाँचमा ३ सय ८६ जनाले परीक्षण गरेका छन । जस मध्ये ५ जनामा क्षयरोग पोजेटिभ देखिएको र १६ जना सम्भावितको खकार जाँचको लागि लगिएको स्वास्थ्य केन्द्र प्रमुख सम्झना थापाले जानकारी दिइन । थापाका अनुसार उक्त जाँचमा पोखरा १५, ७ र ९ नम्बरका बासिन्दाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1