पोखरा । पोखरामा ३५ वर्ष माथिको उमेर समुहलाई लक्षित गरेर ‘स्टार्स सामूहिक नृत्य प्रतियोगिता २०८१’ हुने भएको छ । नृत्य क्षेत्रमा क्रियाशील स्टार्स स्टुडियो प्रालिको आठौँ वार्षिकोत्सव तथा स्टार्स फाउन्डेसन नेपालको छैटौँ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना हुन लागेको अध्यक्ष जसमाया गुरुङ जसुले कोटखबरलाई जानकारी दिइन् ।

यस नृत्य प्रतियोगितामा ३५ वर्ष माथिको उमेर समूहकोले सहभागिता जनाउन पाउनेछन् । समुहमा ४ देखि १० जना सम्म हुनुपर्नेछ । नेपाली मौलिकता भल्कने नृत्यलाई प्राथमिकता दिइने आयोजकको भनाइ छ । प्रतियोगितामा प्रथम हने समुहलाई ५० हजार रुपैयाँ, द्वितीयलाई २५ हजार रुपैयाँ र तृतीयलाई १० हजार रुपैयाँ र प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ ।

यसका अलावा प्रतियोगितामा सहभागी बन्ने मध्ये सबैभन्दा बढी उमेरको एक पुरूष र एक महिलालाई प्रोत्साहन स्वरूप सम्मान गरिने अध्यक्ष गुरुङले खुलाइन् । आगामी असोज ७ गते सोमबार गण्डकी प्रज्ञा-प्रतिष्ठाको भानु हलमा सञ्चालन हुने यस प्रतियोगितामा सहभागिताको लागि असोज ३ गते भित्र टिम दर्ता गराइसक्नुपर्नेछ । दर्ता शुल्क ३ हजार रुपैयाँ लाग्ने आयोजकले जानकारी दिएका छन् ।

सामाजिक कार्यका लागि नृत्य भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो । यस अगाडि स्टार्सले ३० वर्ष भन्दा माथिको उमेरसमूहलाई लक्षित गरेर नृत्य प्रतियोगिता आयोजना गरेको थियो ।

आयोजक संस्था स्टार्स स्टुडियो नेपाल नेपाली मौलिक लोक संस्कृति र सांस्कृतिक नृत्यहरूको संरक्षण र प्रवर्द्धनका लागि क्रियाशील छ । यसको कार्यालय न्युरोड पोखरामा रहेको छ । लोक नृत्यको प्रशिक्षणका साथै विभिन्न जातजातिको मौलिक भेषभुषाको संरक्षण, फिल्म निर्माण, इभेन्ट मेनेजमेन्ट लगायतको क्षेत्रमा यसले काम गरिरहेको छ । यस्तै स्टार्स फाउन्डेसन नेपालले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।नेपाली मौलिक लोक संस्कृति र सांस्कृतिक नृत्यहरूको संरक्षणमा र प्रवर्द्धनका लागि क्रियाशील छ ।

प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकको भनाइ छ । वार्षिकोत्सव कै अवसरमा माध्यामिक विद्यालय स्तरीय ‘स्टार्स चित्र प्रतियोगिता’ समेत आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0