पोखरा ।  सातौँ मिस मगर नेपाल–२०२४ को ग्रान्ड फिनालेमा चलचित्र खुस्माका नायक तथा नायिका आउने भएका छन् ।
पोखरा १७ स्थित होटल ग्राण्डमा यही शनिबार हुने  फिनालेमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी सहभागि हुने टिम संयोजक प्रियङ्का गर्बुजामगरले जानकारी दिइन्  । उनका अनुसार उक्त दिन उनीहरूले रुकुमको मैकोटमा निर्माण भएको चलचित्र खुस्माको प्रचारप्रसार गर्नेछन् ।

अशोक थापामगरले निर्माण गरेको सो चलचित्रलाई असोज ३ गतेदेखि प्रर्दशनमा ल्याउने तयारी छ । उक्त कार्यक्रममा मिस मगर नेपालका अन्तिम ११ प्रतिस्पर्धीमध्येबाट एक जनाले ताज जित्नेछन् । अहिले प्रतियोगीहरू अन्तिम प्रशिक्षणमा छन् ।

एसटी क्रियसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर सङ्घ कास्कीको संरक्षकत्वमा आयोजना हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको निर्देशक सुरज थापाले जानकारी दिए । उनका अनुसार कार्यक्रम होटल पोखरा ग्रान्डमा दिउँसो २ बजेबाट शुभारम्भ हुनेछ ।

अन्तिम प्रतिस्पर्धीहरूले करिब १ महिनासम्म सिकेका कुराहरूलाई ग्रान्ड फिनालेमा प्रस्तुत गर्दैछन् । त्यसैको आधारमा मिस मगर नेपाल चुनिनेछन्।

फाइनलमा पुग्नेमा सुस्मिता पुनमगर, विनु रानामगर, दिवा पाइजामगर, कविता थापामगर, दिक्षा थापामगर र उमा पुनमगरको कोरियाग्राफी रहने मिस मगर नेपाल २०२४ को अन्तिम प्रतिस्पर्धीका रुपमा दिपिका आलेमगर (रामेछाप) आशिका गर्बुजामगर (बेगखोला, म्याग्दी), अनुजा पुनमगर (तंग्राम, बाग्लुङ) नरिशा पुनमगर (मुदी, म्याग्दी), सरिता थापामगर (मन्थली, रामेछाप), माया दर्लामीमगर (वालिङ, स्याङ्जा), रश्मि आलेमगर (गौशाला, महोत्तरी), जानकी राजकोटीमगर (बर्दीबास, महोत्तरी), अश्मिता बुढामगर (जेल्बाङ, रोल्पा), कृष्टीना पुनमगर (दग्नाम, म्याग्दी) र जेरुशा सारुमगर (काठमाण्डौं) रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0