पोखरा । युनाइटेड क्लब पोखराको अध्यक्षमा लोक बहादुर थापा निर्वाचित भएका छन । क्लबको १५ औं साधारण सभा तथा सातौँ अधिवेशनले आगामी कार्यकालका लागि लोक बहादुर थापा सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

क्लबको वरिष्ठ उपाध्यक्षमा गणेश तिमिल्सिना, प्रथम उपाध्यक्षमा शान्त बहादुर थापा, द्वितीय उपाध्यक्षमा सूर्य बहादुर बानियाँ, महासचिवमा दिनेश सुनार, कोषाध्यक्षमा जयराम आचार्य, सचिवमा सन्तोष कार्की र सह कोषाध्यक्षमा सीमा गुरुङ निर्वाचित भएका छन ।

 कार्यसमिति सदस्यहरूमा विष्णु कुमार गुरुङ, पूर्ण कुमार श्रेष्ठ, शिव थापा, पदम बहादुर कार्की (बिजय), शान्ति सुवेदी, बुद्ध कार्की, रिम बहादुर क्षेत्री, गणेश खड्का र सुरेश थापा निर्वाचित भएका छन ।

 युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल निर्वाचन संयोजक, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ र पूर्व अध्यक्ष सुक बहादुर गुरुङ सदस्य रहेको निर्वाचन समितिले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा सपथ ग्रहण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0