पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । हिजोदेखि शुरू भएको जेन जी पुस्ताको आन्दोलनका कारण प्रधानमन्त्री ओलीले राजीनामा दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रकाश सिलवालले जानकारी दिएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले आज बेलुकी ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका थिए ।

जेन जी ले हिजो गरेको प्रदर्शनका क्रममा १९ जना प्रदर्शनकारीको ज्यान गएको थियो । त्यसैको विरोधमा आज देशभर प्रर्दशन चर्किएको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको राजिनामा आएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0