पोखरा । बेस्ट डेस्टिनेसन एजुकेसनल प्रालिको नयाँ शाखा पोखरामा विस्तार हुने भएको छ । २०७६ सालदेखि चितवनमा सञ्चालन हुँदै आएको अग्रणी शिक्षा परामर्श संस्था बेस्ट डेस्टिनेसन एजुकेसनल प्रालिले भदौ ११ गतेदेखि पोखरामा नयाँ शाखा विस्तार गर्न लागेको हो । विद्यार्थीलाई विदेश अध्ययनका लागि सही मार्गदर्शन र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यका साथ प्रालिले पोखरा सिद्धार्थचोकमा नयाँ शाखा विस्तार गरेको अध्यक्ष सञ्जय कुँवरले जानकारी दिए ।
‘पोखरामा जापान अध्ययनको बजार ठूलो छ तर यहाँ अझै पनि उचित मार्गदर्शन र व्यवस्थित प्रक्रिया अभाव छ । हाम्रो नयाँ शाखाले यस खालको अभावलाई पूरा गर्दै विद्यार्थीलाई सही जानकारी, पारदर्शी प्रक्रिया र व्यावसायिक सहयोग पुऱ्याउनेछ,’ उनले भने । प्रालिले शाखा विस्तारको अवसरमा विभिन्न छुट कार्यक्रम ल्याएको छ । जसमा जापानी भाषा कक्षामा २० जनालाई भर्ना शुल्क छुट, आयल्स, पिटिइ तयारीका कक्षामा २० जनालाई निशुल्क कक्षाहरू सञ्चालन गरिने अध्यक्ष कुँवरले बताए । यस्तै विभिन्न सङ्घसंस्थाको सहकार्यमा विविध तालिम कार्यक्रममा छुटको अवसर समेत रहेको कुँवरको भनाइ छ ।
प्रालिले आगामी दिनमा जापानी भाषा शिक्षा र अन्तर्राष्ट्रिय परीक्षा तयारीका लागि आधुनिक प्रशिक्षण केन्द्र स्थापना, अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा संस्थासँग साझेदारी गरेर छात्रवृत्ति तथा अवसर र अनलाइन काउन्सिलिङ प्लेटफर्म विस्तार गरेर ग्रामीण क्षेत्रका विद्यार्थीलाई पनि सेवा पुर्याउने लक्ष्य राखिएको अध्यक्ष कुँवरले जानकारी दिए । यस्तै व्यावसायिक तथा सीपमुलक तालिम र देशभर थप शाखा विस्तार गर्ने प्रालिको तयारी छ ।
















