पोखरा । लोक दोहोरी कलाकार सुरेन्द्र गुरुङको मौलिक कौरा/चुड्का गीत सार्वजनिक भएको छ । ‘जाम माया पोखरा’ बोलको गीतमा आवाज सुरेन्द्र गुरुङ र जुना श्रीस मगरले भरेका छन् । लय र शब्द रेशम गुरुङको रहेको गीतलाई एरेन्ज तेजेन्द्र दुराले गरेका हुन् । सुर साधना स्टुडियोमा गीत रेकर्ड गरिएको हो ।
गीतको भिडियो समेत आकर्षक बनाइएको छ । आनन्द गुरुङ र लक्ष्मी गुरुङको अभिनय रहेको भिडियोको निर्देशन पर्सन गुरुङले गरेका हुन् । दुर्गा पौडेल छायाङ्कन गरेको भिडियोको पोष्ट प्रोडक्सनको काम बाबरी इन्टरटेनमेन्ट गरिएको हो भने सम्पादन नवीन घर्ती मगरले गरे ।
गायक गुरुङका तिम्रै छ तिर्सना, झुल्के घाम डाँडेमा, पञ्चे बाजाको गीत, सालैजो , मनको धनी , मेरो जीवन साथी, तिरिमिरी झ्याँइ पार्यो, दुई दिनको मायाले, तामैको अचार लगायत एक दर्जन भन्दा बढि गीत बजारमा आइसकेका छन् ।
२०६१ साल देखी लोक दोहोरी क्षेत्रमा उनी क्रियाशिल छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश कमिटी गण्डकीको निवर्तमान अध्यक्ष रहेका उनी अहिले प्रतिष्ठान नेपालको केन्द्रीय सचिवालय सदस्य छन् । तमु गुरुङ कलाकार सघ नेपाल गण्डकी प्रदेशको निवर्तमान अध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य रहेका उनले विभिन्न देशमा पुगेर समेत आफ्नो प्रस्तुती राखिसकेका छन् । गीत सुरेन्द्र गुरुङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो
