पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ मा तीन दिने महिला सशक्तीकरण तथा क्षमता विकास तालिम सुरू भएको छ । तालिमको आइतबार पोखरा १५ का वडा सदस्य बलराम पौडेलले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै वडा सदस्य पौडेलले तीन दिने तालिम कार्यक्रमलाई फलदायी बनाउन सहभागी सँग आग्रह गरे । महिला दिदी बहिनीहरुकाे क्षमता विकास गर्ने र उनीहरूलाई अगाडि बढ्नको लागि उत्पेरणा प्रदान गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको भन्दै ध्यान दिएर तालिममा सहभागी बन्न सहभागीलाई आग्रह गरे । तीन दिनको तालिम पश्चात सिकेका कुरालाई व्यवहारमा लागू गर्दै अगाडि बढ्न जोड दिएका उनले तालिमको भव्य सफलताको शुभकामना दिए ।
पोखरा १५ को वडासदस्य सेतीमाया गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बोल्दै उनले विभिन्न आमा समूहको आग्रह र आफ्नो पहलमा तालिम ल्याउन सफल भएको भन्दै यसको पूर्ण रुपमा सदुपयोग गर्न आग्रह गरिन् । वडा निरन्तर रुपमा विभिन्न तालिम आयोजना गर्ने भएकोले त्यस्ता तालिममा सहभागी बनेर आफ्नो क्षमता विकास गर्नुपर्नेमा उनको जोड थियो ।
शिवशक्ति आमा समुहकी अध्यक्ष बेलमाया गुरुङ आफ्नै ठाउँमा वडाले तालिम आयोजना गरेकोमा खुशी व्यत्त गरिन् । सबैको सक्रिय सभागीताले तालिम फलदायी बन्ने उनको विश्वास थियो । तालिम आयोजना गरेकोमा पोखरा १५ का जनप्रतिनिधि र वडा कार्यालयलाई पनि उनले धन्यवाद व्यक्त गरिन् ।
पोखरा १५ वडा कार्यालयको सहयोगमा भएको कार्यक्रममा निर्मल टोल एकता आमा समुह, शिवशक्ति आमा समुह,फुलबारी आमा समूह,भगवती टार आमा समुह, सहज मार्ग संरचना टोल आमा समुहबाट प्रतिनिधि मुलक सहभागिता भएको थियो ।
वडाको वार्षिक कार्यक्रम अन्तरगत विभिन्न टोल टोलमा पुगेर यस्ता तालिमको आयोजना भैरहेको वडा सचिव युवराज पौडेलले जानकारी दिए । टवल विकास संस्था आमा समुह युवा क्लब लगायतकाको आग्रह अनुसार वडाले क्षमता विकास र सशक्तिकरणका कार्यक्रमलाई प्राथमिकता दिइरहेको उनको भनाइ छ । तालिममा ५० जनाको सहभागीता रहेको छ ।
