पोखरा । पोखरा महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को वैशाख ११ गते नियमित कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिक्षक आन्दोलनका कारण स्कुल सञ्चालन गर्न नपाइएकोले शिक्षा समितिको विशेष निर्णयबाट बैशाख ८ गतेबाट सञ्चालन गर्ने भनेको स्कुल तीन दिनपछिलाई सारिएको बताए । अब बैशाख ११ गतेबाट स्कुल सञ्चालन हुन्छन् ।

 महानगरले आइतबार सूचना प्रकाशित गर्दै महानगरले विद्यालयहरूलाई नियमित पठन–पाठन कार्य गर्न अनुरोध समेत गरेको छ । महानगरको शिक्षा महाशाखाले जारी गरेको सूचनामा शैक्षिक क्यालेन्डरअनुसार वैशाख ८ गतेदेखि पठन–पाठन सुरु गर्ने उल्लेख भए तापनि, भर्ना प्रक्रिया तथा आवश्यक पूर्वाधार व्यवस्थापनमा समय लाग्ने भएकाले नियमित कक्षा ३ दिन पछि सारिएको जानकारी गराइएको छ।

नेपाल शिक्षक महासङ्घको अगुवाइमा गत चैत २० गतेदेखि भइरहेको शिक्षक आन्दोलनले देशभरका विद्यालयहरूमा असर परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0