पोखरा । पोखरा महानगरपालिका वडा नं। १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को पूर्वसन्ध्यामा आयोजित श्रीमद्भागवत कथा प्रवचनको कार्यक्रममा अहिले स्थानीय भक्तजन लगायत अन्य साधुसन्त र स्थानीय लब्धप्रतिष्ठित सँगै सामाजिक व्यक्तित्वहरूको उपस्थिति बढ्दै गएको छ ।

शनिवार देवी प्रतिभाले कथा प्रवचन सुरु गरेको पहिलो दिन प्रमुख अतिथिको रुपमा पोखरा महानगरपालिका वाड नं २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी भएका वडा अध्यक्ष प्रधानाङ्गले पोखराको कोटिहोम महायज्ञ उपयुक्त स्थानमा सञ्चालन भएको बताएका छन् । त्यस्तै यस प्रकारको धार्मिक अनुष्ठानले पोखरावासीको पहिचानलाई थप बलियो बनाएको उनको भनाई रहेको थियो ।

“ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ सुन्दर नगरी, जनसङ्ख्या लगायतको हिसाबले उपयुक्त रहेको स्थानमा सञ्चालन भएको छ । यो सफल बनाउन हामी सबै नेपालीको कर्तव्य हो, अझ पोखराबासी तपाई हामी सबैको त महत्वपूर्ण जिम्मेबारी हो । ”

अध्यक्ष दिवसमान प्रधानाङ्गले थपे – “पोखरा आफै पर्यटकीय नगरी हो, यसलाई विश्वव्यापी बनाउन र पर्यटन वर्ष सफल पार्नको लागि अत्यन्तै महत्वपूर्ण भूमिका खेल्ने छ । ”

शनिवार देवी प्रतिभा जी,आचार्य शीतल कृष्ण महाराज लगायतको कथा प्रवचन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0