पोखरा । होटल एसोशिएसन पोखरले आयोजना गरेको २० औँ फेवा नववर्ष महोत्सव अन्तरगत आइतबार पर्यटक दौड सम्पन्न भएको छ । दौडमा पुरुष तर्फ लण्डनका साम म्याथोन प्रथम हुन सफल भए । युकेका लियो माल्बाइ द्वितीय, रसियाका डेनिज तृतीय, अमेरिकाका युसेफ सान्त्वना बने ।

महिला तर्फ फान्सकी कोलिन प्रथम हुन सफल बनिन् । यसैगरी फ्रान्सकी एलिजा भाइलेन्टी द्वितीय, रसियाकी मारिया सन्स तृतीय, चीनकी फ्लोरा सान्त्वना भइन् ।

प्रतियोगितामा १८ देशका झण्डै ६० जना पर्यटक सहभागी बनेको दौड प्रतियोगिताका संयोजक हेमराज पहारीले जानकारी दिए । उनीहरूले अनलाइन मार्फत नाम दर्ता गराएका हुन् । नेपाली नयाँ वर्षको बारेमा विदेशी पर्यटकलाई जानकारी दिने उद्धेश्यले कार्यक्रम गरिएको उनले बताए । खहरेचोकबाट सुरु भएको दौड अम्बोटमा पुगेर समापन भएको थियो । विदेशी पर्यटकलाई पुरस्कारको रुपमा यहाँका एडभेञ्चर टुरिजम तर्फका प्याकेज पुरस्कारको रूपमा प्रदान गरिएको थियो ।

रन फर फनका विजयीलाई होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी सहितले पुरस्कार प्रदान गरे । पर्यटकलाई बाजागाजा सहित स्वागत गरिएको कार्यक्रममा उनिहरु नेपाली पञ्जेबाजाको तालमा नाच्दै रमाएका थिए । संघका अध्यक्ष लक्ष्मण सुवेदीले सहभागी पर्यटकलाई धन्यवाद दिंदै प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए । होटल संघ पोखराले चैत्र ३० गतेबाट आयोजना गरेको महोत्सव बैशाख १ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0