पोखरा । लोक दोहोरी कलाकार अमर धितालको नयाँ लोक दोहोरी गीत ‘रैछौँ नौजाले’ सार्वजनिक भएको छ । अमर धिताल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा धितालसँगै केशव देवकोटा, कमला गैरे, सीता ढकाल कोइरालाको आवाज सुन्न पाइन्छ । शब्द र सङ्गीत धितालकै रहेको गीत बाँसुरी रेकर्डिङ र मुर्चुङ्गा स्टुडियोमा रेकर्ड भएको हो  । दिवस थापा मगरले सङ्गीत संयोजन र रेकर्डमा साथ दिएका हुन् भने मिक्सिङ मास्टरिङको काम गोविन्द ओलीले पुरा गरे ।

गीतको भिडियो समेत राम्रो बनेको छ । होम गुरुङको निर्देशनमा तयार भएको भिडियोको छायाँङ्कन गणेश सापकोटाले गरेका हुन् । सुवास अम्गाईको सम्पादनमा तयार भएको भिडियोमा जीवन वाग्ले र सरिता दानकुटीको अभिनय हेर्न पाइन्छ । गीतलाई सुन्दर बनाउन भिडियोमा पनि मेहनत गरेका छन् । गीत हेरेर प्रतिक्रिया दिनको लागि लामो समयदेखि लोकदोहोरी क्षेत्रमा क्रियाशील बनेका  कलाकार धितालले सबैलाई आग्रह गरेका छन् । गीत मार्फत सकारात्मक प्रतिक्रिया आउन थालेपछि उनी उत्साहित समेत बनेका छन् ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0