पोखरा । जिल्ला एथलेटिक्स सङ्घ कास्कीले पोखरामा पहिलो पटक राष्ट्रिय खुला एथलेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । एथलेटिक्स खेलाडीहरूको खेल स्तर र उन्नतिका लागि नियमित प्रशिक्षण सँगै जिल्ला स्तरीय प्रतियोगिताहरू सञ्चालन तथा प्राविधिक सहयोग गर्दै आइरहेको एथलेटिक्स सङ्घले आगामी चैत्र २९ र ३० गते पोखरामा पोखरा ओपन एथलेटिक्स मिट २०२५ को आयोजना गर्न लागेको सङ्घले बुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला एथलेटिक्स सङ्घ कास्कीका अध्यक्ष गज बहादुर गुरुङले आगामी चैत्र २९ र ३० गते पोखरामा एथलेटिक्स मिट २०२५ को आयोजना गर्न लागेको र त्यसको सम्पूर्ण तयारी पुरा भएको बताए । नेपाली एथलेटिक्स खेल जगतको इतिहासमै प्रथम राष्ट्रिय खेलकुद २०३८ साल देखि वि.सं २०७९ मा पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्म गण्डकी प्रदेशका एथलेटिक्स खेलाडीहरूले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको उनको भनाइ थियो ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिक्समा गण्डकी प्रदेशबाट १ स्वर्ण, १ रजत र २ काश्य पदक जित्न सफल भएको बताउँदै अध्यक्ष गुरुङले नबौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याराथनमा स्वर्ण, महिला ४ इन्टु १ सय मिटर रिलेमा रजत, हाइजम्प महिला र लङजम्प पुरुषमा काश्य पदक जित्न सफल भएको बताए

उक्त प्रतियोगिताबाट कर्णाली प्रदेशमा हुन गइरहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जिल्ला हुँदै प्रदेशका लागि पदक दिलाउन योग्य बनाउने उद्देश्यका साथ यस प्रतियोगिताले गण्डकी प्रदेशका एथलेटिक्स खेलाडीहरूको मात्र नभई देशै भरिका एथलेटिक्स खेलाडीहरूले आफ्नो खेल कौशलता प्रदर्शन गर्दै खेलको अनुभव र मनोबल उच्च बनाउने लक्ष्य लिएको गुरुङले जानकारी दिए ।

प्रतियोगितामा विभिन्न १२ विद्या रहेका छन । जसमा पुरुष र महिला तर्फ  दौड तर्फ १०० मिटर, २ सय मिटर, ४ सय मिटर, १५ सय मिटर र ४ इन्टु सय मिटर रिले, लङजम्प, ट्रिपल जम्प, हाइ जम्प, सट पुट, ज्याभलिन थ्रो  र  कास्की जिल्ला भित्रको विद्यालय स्तरीय १०० मिटर दौड रहेको जिल्ला एथलेटिक्स सङ्घ कास्कीका सचिव सिद्धान्त अधिकारीले बताए ।

प्रतियोगितामा १२ वटै विद्यामा प्रथम, द्वितीयतृतीय हुनेले क्रमश नगद ५ हजार, तीन हजार र दुई हजार र उत्कृष्ट पुरुष र महिला खेलाडीलाई १०/१० हजार पुरस्कार प्रदान गरिने बताउदैन अधिकारीले त्यस्तै उदयमान खेलाडी दुईजनालाई विशेष पुरस्कारको ब्यवस्था गरिएको समेत बताए ।  प्रतियोगिता सम्पन्न गर्न अनुमानित १० लाख खर्च हुने छ  । प्रतियोगितामा नेपाल भरका खेलाडीहरूले कुनैपनि विभागीय क्लब, प्रदेश, जिल्ला, सङ्घ संस्था, विद्यालय, क्याम्पस साथै व्यक्तिगत पनि नाम दर्ता गरि सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0