पोखरा । हरिनास ,बिरुवा ब्याडमिन्टन ग्रुप पोखराद्वारा आयोजित प्रथम भैरवथान कप ब्याडमिन्टन प्रतियोगिताको  उपाधि कुशम आले र कृष्ण गुरुङको जोडीले जितेको छ । फाइनलमा क्या.निल बहादुर गुरुङ र कुल बहादुर   गुरुङको जोडीलाई २–० सेटले पराजित गर्दै गुरुङको जोडी विजेता बनेको हो । सु.देव बहादुर गुरुङ र टुकराज गुरुङको जोडी तथा छवि थापा र सम्झना खत्रीको जोडीले तेश्रो स्थान प्राप्त गरे ।

 विजेता  हुन सफल टिमलाई नगद रु.१६ हजार साथै ट्रफी र मेडल ,उपविजेतालाई नगद रु.१२ हजार र ट्रफी र मेडल साथै तृतीय हुन सफल दुवै टीमलाई ६/ ६ हजार र मेडल सहित पुरस्कृत गरिएको खेल संयोजक लिल गुरुङले जानकारी दिए । 

गत शुक्रवार देखि सञ्चालन भएको प्रतियोगितामा कुल २६ टीम सहभागी थिए ।  हरिनास स्याङजाका समाजसेवी हवल्दार तुलाराम थापाको ८४ औ जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगिताका बिजेताहरूलाई प्रमुख अतिथि कास्की जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष सुशील कुमार श्रेष्ठ, विशेष अतिथिहरू हरिनास गाउँपालिकाका उपाध्यक्ष इन्द्रा थापा राना, हरिनास गाउँपालिकाका प्रवक्ता ओम प्रकाश सिग्देल, रेडियो नेपाल पोखराका प्रमुख शान्ति गुरुङ, कलाकार कुमार पुन साथै नेविको लिमीटेडका सुरज उपाध्याय, व्यवसायी प्रमित सिंह, आँधीखोला तमु समाजका उपाध्यक्ष लिल बहादुर गुरुङ, समाजसेवीहरू सु.धन बहादुर गुरुङ, सु महेश कुमार थापा लगायतकाले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0