पोखरा । गीतकार आर्जु बिष्ट सल्यानीको रचनामा रहेको ‘सम्झौता गरौँ’ गीत सार्वजनिक भएको छ । गायिका सविना सुनाम र गायक किशोर सुनारको आवाज रहेको यो गीतमा सङ्गीत समेत गीतकार बिष्टले भरेका छन् । माया प्रेमसँग सम्बन्धित यो गीतको एरेन्ज र रेकर्ड विनोद रसाइलीले क्रेजी स्टुडियोमा गरेका हुन् । यो गीत दर्शक श्रोता माझ पस्कने तयारी १९ वर्ष पछि बल्ल पुरा भएको गायिका सुनामले उल्लेख गरेकी छन् । गीतलाई लिएर गीतकार सल्यानी समेत उत्साहित छन् । यो युगल गीतले सङ्गीतप्रेमीको माया पाउने उनीहरूको आशा रहेको छ ।

सरकारी जागिरे समेत रहेकी गायिका सुनामले आफ्नो साङ्गीतिक यात्रालाई समेत निरन्तर अगाडि बढाइरहेका छन् । सञ्चारकर्मी समेत रहेका सल्यानीका धरै गीत दर्शक श्रोताले रूचाइसकेका छन् । उनले लोक, पप, सुगम  मात्र नभएर खेलकुद गीत मार्फत समेत आफ्नो लोकप्रियता बढाएका छन् ।

गीतको भिडियो समेत आकर्षक बनाउन खोजिएको छ । वासना क्रियसनको प्रस्तुतीमा तयार भएको  भिडियोमा पोखरेली कान्छा माधव र सङ्गीता खाती फिचर्ड छन् । मनोज बिक भावुकले निर्देशन तथा सम्पादन गरेको भिडियोलाई सोम रामदाम र मनोजले खिचेका हुन् । गीत वासना क्रियसन युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0