पोखरा । वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाको तीज गीत ‘घर धानेर बस राजै’ सार्वजनिक भएको छ । हरिदेवी कोइराला युट्युब च्यानलमा सार्वजनिक भएको गीतको शब्द लय र आवाज कोइरालाको नै रहेको छ । उनलाई कोरसमा लक्ष्मी गिरी, पिङ्गला भट्टले साथ दिएका छन् ।

गीतको भिडियोमा अस्मिता बाँस्तोला, सञ्जय जैशी, स्वस्तिका तिमिल्सिना र सिता बरालको अभिनय हेर्न पाइन्छ । गीत मार्फत तीजमा माइत जाँदा घरमा रहेका श्रीमानले गर्नुपर्ने कामको बारेमा मात्र नभएर गर्ननहुने कामको बारेमा सम्झाएकी छन् । श्रीमतीको अनुपस्थितिमा घरको काम गर्नुपरेपछि श्रीमानले काम कति गाह्रो रहेछ बल्ल महसुस गर्ने उनको विश्वास छ । हरेक घरको यथार्थ विषयवस्तुमा बनेको गीतले नयाँ पुस्तालाई समेत घरमा गर्नुपर्ने कामको बारेमा जानकारी गराउँछ ।

भिडियोको निर्माता तथा निर्देशकको जिम्मेवारी रामबहादुर कोइरालाले पुरा गरेका छन् । छायाँङ्कन र सम्पादन प्रदीप कुमार नापितले गरेको गीतको पोष्ट प्रोडक्सनको काम फोटो निकोन पोखरामा भएको हो ।

२०४० सालमा ‘पाइन खबर’ बोलको गीत रेकर्ड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गरेकी गायिका कोइरालाले २०४२ सालदेखि निरन्तर तीजका गीत बजारमा निकालिरहेकी छन् । समाजको यथार्थता र मौलिकता उनका गीतका विशेषता हुन्  ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0