पोखरा । गत माघमा दर्शकको भव्य उपस्थितिमा पोखरामा आयोजना गरिएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दाको दोस्रो कार्यक्रम स्याङ्गजाको वालिङमा हुने भएको छ । आगामी चैत्र १ गते कार्यक्रम हुने तय भएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

स्याङ्गजाको वालिङमा आयोजित प्रथम पिंक सिटी महोत्सव २०८१ मा एक दिन यो कार्यक्रम हुने भएको हो । जसमा ६ वटा व्याण्डको प्रस्तुती रहनेछ ।

मध्याह्न व्याण्डका कर्ण दास, डि–मर्चा व्याण्डका भाष्करध्वज श्रेष्ठ, पोखरा साङ्गीतिक कलाकार संघ नेपालका अध्यक्ष समेत रहेका लेकाली व्याण्डका हर्कराज गुरुङ भाई र नवीन गुरुङ, ब्रोसिस व्याण्डका प्रकाश राना, देउराली व्याण्डका शान्तराज बज्राचार्य र भेगाबोण्ड व्याण्डका श्यामसुङ तामाङको प्रस्तुतीमा त्यहाँ रम्न पाइनेछ ।

व्याण्डहरुमा पुर्नजागरण ल्याउनका लागि यो कार्यक्रमले थप सघाउने विश्वास उनको छ । पोखरामा भएको कार्यक्रममा सहभागी बनेको कन्दरा समुह भने व्यस्तताका कारण यो कार्यक्रममा सहभागी नहुने भएको सदस्य सचिव श्रेष्ठले खुलाए । यो कार्यक्रमलाई अन्य ठाउँमा समेत लैजाने तयारी भैरहेको उनको भनाइ छ । फागुन २१ गतेदेखि चैत्र ३ गतेसम्म आयोजना हुने पिंक सिटी महोत्सव वालिङ चेम्बर अफ कमर्शले आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0