पोखरा । नेकपा एमाले जिल्ला कमिटी कास्कीको आयोजनामा अभिमुखीकरण कार्यक्रम हुने भएको छ । एमालेको वडा केन्द्रित पार्टी निर्माण अभियान २०८१ अन्तरगत जिल्ला स्तरीय अभिमुखीकरण  कार्यक्रम गर्न लागिएको एमाले कास्की अध्यक्ष वैन बहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

यहीं फागुन ९ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भव्य र प्रभावकारी बनाउनका लागि तयारी अन्तिम चरणमा पुगेको अधिकारीले बताए । फागुन ३ गते बसेको पार्टी जिल्ला कमिटीको विस्तारित बैठकले यो कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो । कार्यक्रममा पार्टीका विभिन्न कमिटीमा रहेका नेता तथा जिल्लामा रहेका विभिन्न कमिटीमा आवद्द नेता तथा पार्टी सदस्य सहितका कार्यकर्ताको सहभागिता रहने छ ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलको प्रमुख वक्ता रहने कार्यक्रममा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङ, स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायतका नेता अतिथि वक्ताको रुपमा रहने अध्यक्ष अधिकारीले खुलाए ।

कार्यक्रममा सहभागी बन्नको लागि एमालेबाट निर्वाचित जनप्रतिनिधि, पार्टीको माथिल्लो कमिटीमा रहेका नेताहरू, प्रदेश, जिल्ला,  पालिका, इलाका, वडा, शाखा, टोल कमिटीका सबै पदाधिकारी सदस्यहरू साथै जनसङ्गठनका सबै तहका नेताहरू सहित पार्टीका सबै क्रियाशील सदस्य लगायतलाई एमाले कास्कीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0