पोखरा । २४ औं आहा रारा पोखरा गोल्डकपमा सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड क्वाटर फाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको प्रिक्वाटर फाइलनमा संकटा क्लबलाई ३-१ गोलले पराजित गर्दै थन्डरबोल्ट क्वाटरफाइलनमा प्रवेश गरेको हो ।

सुरुआती अग्रता जोगाउन नसक्दा संकटा पहिलो खेलबाटै घर फर्किनुपर्‍यो । खेलको १७औं मिनेटमा गोल गर्दै संकटाका मनिष पौडेलले टिमलाई अग्रता दिलाएका थिए । ३५औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै थन्डरबोल्ट युनाइटेडले खेल बराबरीमा पुर्‍यायो । संकटाले डिबक्सभित्र विपक्षी टोलीका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा थन्डरबोल्टका तालाले सहजै गोल गरे ।

दोस्रो हाफमा भने थन्डरबोल्टले दुई गोल थप्दै जित दर्ता गर्‍यो । खेलको ७७औं मिनेटमा थन्डरबोल्टका करण राईले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि ८९औं मिनेटमा थन्डरबोल्टका आदर्श तामाङले गोल गर्दै अग्रता दोब्बर बढाए। र, थन्डरबोल्ट ३–१ ले विजयी भयो । अब थन्डरबोल्टले सेमिफाइलन प्रवेशका लागि उज्वेकिस्तानको ब्लाक बुल्स फुटबल क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।

सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगिताअन्तर्गत भोलि शनिबार पहिलो क्वार्टरफाइलनको खेल ब्रिग्रेड ब्वाइज क्लब युके र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ३ वटा विदेशीसहित १२ वटा टोली रहेका छन् । पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0