पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले एक साताको अवधिमा ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने तथा सवारी साधन चेकजाँच गर्दा स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ती ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

माघ १४ गतेदेखि आइतबारसम्म चेकजाँचका क्रममा यी मोटरसाइल नियन्णत्रमा लिई आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरामा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा ती मोटरसाइकल नियन्त्रणमा लिइएको उनले खुलाएका छन् । कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि कास्की प्रहरीले अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0