पोखरा । रूपा गाउँपालिकामा साहित्य, कला तथा संस्कृतिको सम्वर्द्धन र प्रवर्द्धनको लागि स्थापित रूपा वाङ्मय प्रतिष्ठानले आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमले गीतकार आदर्श पोखरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । जस अनुसार उपाध्यक्षमा चित्रकार जित बहादुर थापा, सचिवमा मदन घिमिरे, सह सचिवमा सुजन गौतम र कोषाध्यक्षमा बिना ढुङ्गाना चयन भए । सदस्यमा पार्थराज सुवेदी, विवेक अधिकारी, महेश्वर घिमिरे, माधव सुवेदी, शर्मिला बसौला र विश्वास बिक चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै रूपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले यस संस्थाले समग्र रूपाको सामाजिक सांस्कृतिक विकासमा सहयोग हुनेगरि काम गर्नुपर्नेमा जोड दिइन्। रूपा गाउँपालिका वडा नं ३ र ७ का वडाध्यक्ष क्रमश दिपेन्द्र गौतम र कृष्ण सुवेदी ले संस्थाको समग्र विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।
तदर्थ समिति संयोजक आदर्श पोखरेलको सभापतित्वमा भएको खुला सत्रको कार्यक्रम सञ्चालन सचिव मदन घिमिरेले गरेका थिए । कार्यक्रममा चन्द्रमणि पौडेल, नवराज बराल, विमल बाबू न्यौपाने लगायतले बोलेका थिए । निर्वाचन मण्डलको संयोजकमा तीर्थ राज लामिछाने र सदस्यमा हरि बहादुर लामिछाने तथा मोहम्मद मोहसिन मिया रहेका थिए।
