पोखरा । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको भोलि पहिलो क्वालिफायरएलिमिनेटरका खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको सातौँ दिन भोलि पुरुष र महिलातर्फ पहिलो क्वालिफायर र पुरुषतर्फ एलिमिनेटरको खेल हुने तालिका छ ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा हुने पहिलो खेल महिलातर्फको हुनेछ । महिलातर्फ पहिलो क्वालिफायरमा आयोजक टाइगर ग्रुप र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिष्पर्धा हुनेछ । एपीएफ अपराजित टोली हो भने आयोजक टोली एपीएफसँग पराजित भएको थियो । यो खेलमा विजेता हुने टोली फाइनल पुग्नेछ भने पराजित हुने टोलीले एलिमिनेटर विजेता टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग दोस्रो क्वालिफायर खेल्नेछ ।

भोलि हुने दोस्रो खेल पुरुषतर्फको पहिलो क्वालिफायरको खेल हुनेछ । बिहान ११ बजे सुरु हुने उक्त खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । आर्मी समूह चरण शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान पक्का गरेका थिए ।

भोलिको तेस्रो खेल पुरुषतर्फको एलिमिनेटर हुनेछ । दिउँसो १ बजे सुरु हुने एलिमिनेटरमा गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लब प्रतिष्पर्धा गर्नेछन् । एलिमिनेटरको विजेताले पुलिसआर्मीबीचको पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0