पोखरा । आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपीएफ पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ । 

पोखरा रङ्गशालामा शुक्रबार बिहान भएको खेलमा आयोजक टोलीलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एपीएफ फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २१–२५ ले टाइगर ग्रुपलाई सुम्पिएको थियो । तेस्रो सेट २५–१९ र चौथो २६–२४ ले जित निकाल्दै एपीएफले फाइनल यात्रा तय गरेको हो । खेलको टाइगर अफ द म्याच निरूता ठगुन्ना र स्पाइकर अफ द म्याच सरस्वती चौधरी बनिन् । 

पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइनल प्रवेशका लागि टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग प्रतिष्पर्धा गर्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0