पोखरा । पोखरा ९ नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आईटी महोत्सवमा छुट नै छुटको व्यवस्था भएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य सङ्घले जानकारी दिएको छ । 

सङ्घका उद्योगतर्फका उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाका अनुसार १२ औं क्यान इन्फोटेक तथा चौथो मोबाइल मेलासमेत समाहित गरिएको व्यापार मेलामा रहेको नेपाल टेलिकमको स्टलबाट निःशुल्क सिमकार्ड वितरणको व्यवस्था मिलाइएको छ । उनका अनुसार नागरिकताको फोटोकपी तथा व्यक्तिको फोटो ल्याउनासाथ स्टलबाटै सिमकार्ड उपलब्ध हुन्छ । ‘यस्तै त्यहाँ राखिएका स्टलहरूबाट ल्यापटप तथा मोबाइल खरिद गर्दा ५० प्रतिशतसम्म छुट, सिसिटिभी क्यामेरा खरिदमा जडानसहित निःशुल्क, स्मार्ट बोर्ड खरिदमा किस्ताबन्दीको सुविधा, मोवाइल एक्चचेञ्ज अफरका साथै मर्मतमा पनि ५० प्रतिशत छुटको व्यवस्था छ,’उपाध्यक्ष बास्तोलाले भने,‘दैनिक टिकटमा १० जनालाई बन्दीपुर केबलकारको टिकट तथा ५ जनालाई मोबाइल फोन नै प्रदान गरिएको छ ।’ 

सङ्घका महासचिव शोभा गौतमका अनुसार अवलोकनकर्ताहरूको लागि टिकटक बनाउने प्रतियोगितासमेत मेलाअन्तर्गत नै आयोजना गरिएको छ । टिकटक बनाउने प्रतियोगितामा पहिलो हुनेले २० हजार, दोस्रोले १० र तेस्रो हुनेले ५ हजार बराबरको उपहार प्राप्त गर्ने पनि उनले जानकारी दिइन् । भ्यूअर्सको आधारमा विजेता छनोट गरिने छ । 

आईटी महोत्सवअन्तर्गत सूचना प्रविधिसम्बन्धी विभिन्न परियोजना, नयाँ प्रविधि तथा रोबोटहरु, दृष्टिविहीनहरूको लागि उपयोगी हुने सेन्सरसहितको छडी र विद्युतीय गाडीजस्ता प्रदर्शनीले पनि मेलाको रौनकता थपेको प्रचार प्रसार उपसमिति संयोजक मनोहरि पौडेलले जानकारी दिए ।आइटी मेलाअन्तर्गत नै वैदेशिक पलायन रोक्नको लागि परामर्शको व्यवस्थासमेत मिलाइएको उनले बताए । 

पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा माघ १० देखि सञ्चालित मेलाको नेपाल उद्योग वाणिज्य महासङ्घ तथा महासङ्घ गण्डकी प्रदेश संरक्षक हो भने गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डले यसको प्रवर्द्धन गरेका छन् । ‘लगानीको सम्वर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ आयोजित मेलामा सङ्घले पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घ, क्यान कास्की, नेपाल मोबाइल वितरक सङ्घ गण्डकी र सिएसआइटी एशोसियसनसँग सहकार्य गरेको छ । यस्तै, मधेश प्रदेश सरकार, नेपालस्थित भारतीय राजदूताबास, स्वामी विवेकानन्द कल्चरल सेण्टर,पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा,कृषि विकास निर्देशनालय गण्डकीसँग पनि सहकार्य गरिएको सङ्घका उपमहासचिव सुदीप श्रेष्ठले जानकारी दिए । 

मेलाको मुख्य प्रायोजकमा बाल्ट्रा होम एप्लाइन्सेस, सहप्रायोजकमा समृद्धि स्टिल्स,लक्ष्मी इन्टरकन्टिनेण्टल (हुण्डाइ),सुजल डेरीको सफल दूध र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । मुक्तिनाथ विकास बैंकले मेलाको मुलद्वार प्रायोजन गरेको छ भने कृषि विकास बैंक लिमिटेड स्टेज प्रायोजक रहेको छ । ग्लोबल आइएमइ बैंक लिमिटेड,गरिमा विकास बैंक लिमिटेड,नेपाल बैंक लिमिटेड,माछापुच्छे« बैक लिमिटेड,ग्रिन डेभलपमेण्ट बैंक लिमिटेड,कामना सेवा विकास बैंक लिमिटेड,नेपाल टेलिकम,याक ब्रोइङ कम्पनी,गृहलक्ष्मी ग्यास कम्पनी प्रालि,डाबर नेपाललगायतले मेलामा प्रायोजकको भूमिका निभाएका छन् । युनाइटेड अजोड इन्स्योरेन्स प्रालि इन्स्योरेन्स पार्टनर, पोखरा इन्टरनेट प्रालि इन्टरनेट पार्टनर,खल्ती डिजिटल वालेट पार्टनर र यती एयरलाइन्स अभिसियल एयरलाइन्स पार्टनर रहँदा कर्माचार्य फुड एण्ड ग्रेन्स प्रालि,अन्नपूर्ण फुड एण्ड बेभरेज प्रालिको सोल्टी पानी, ,बागमती प्लाष्टिक, बन्दीपुर केबलकार,फिस्टेल ड्रिम पार्क प्रालिले विभिन्न विधामा सहकार्य गरेका छन् । मेलाको हस्पिटल पार्टनरमा मनिपाल अस्पताल तथा हस्पिटालिटी पार्टनरमा चौतारी बुटिक होटल प्रालि,कुटी रिसोर्ट र होटल गोवा प्यालेस रहेका छन् ।

 आइतबार मेलामा आइतबार वरिष्ठ लोकगायक प्रजापति पराजुलीसहित इन्द्रा गुरुङ,कमला सुनार,शिवहरि ढुंगाना,राजन कार्कीलगायतको प्रस्तुति रहेको थियो भने सोमबार चर्चित कलाकारहरु जीवन दाहाल, शंकरविरही गुरुङ,सुनिता नेपाली,कृष्णा गुरुङलगायतको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक ललित कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0