पोखरा । कास्कीमा पानी चराको प्रजाति र सङ्ख्या घटेको पाइएको छ । पोखरा उपत्यकामा गरिएको जलपन्छीहरूको गणनाबाट यो तथ्य खुलेको हो । पोखरामा टाइगर माउन्टेन पोखरा लजको अगुवाईमा सन् २००४ देखि गरिदै आएको जलपन्छी गणना कार्यक्रममा सन् २००७ वाट चरामा रुचि राख्ने केही पथ प्रदर्शकहरू एवं विद्यार्थीहरूको केही समुह जोडिएका थिए । सन् २०१७ मा आधिकारिक रुपमा पोखरा पन्छी समाजले यस कार्यक्रममा समन्वय गरि टाइगर माउन्टेन पोखरा लज सँगै गणनामा सहभागी भइरहेको छ ।

देशका १८ प्रमुख सिमसार क्षेत्रहरू अन्तर्गत ८४ वटा साना क्षेत्रहरू ताल, तलैया, खोला, नदी तथा सिमसार क्षेत्रमा गरिने यो कार्यक्रमका लागि पोखरा क्षेत्रमा झलक चौधरी र मनशान्त घिमिरे क्षेत्रिय संयोजक रहेका थिए । गणनाका क्रममा वेगनास तालमा १४ प्रजातिका १ सय ५८ पानी चरा भेटिएका छन् । त्यहाँ सन् २०२० मा १३ प्रजातिका ३ सय ६४, २१ मा १५ प्रजातिका १ सय ६४, २२ मा ८ प्रजातिका ७१, २३ मा १७ प्रजातिका १ सय २ र २०२४ मा २१ प्रजातिका २ सय ८२ चरा भेटिएका थिए ।

रूपा तालमा २६ प्रजातिका ३ सय ६४ पानी चरा भेटिएका छन् । जहाँ सन् २०२० मा २२ प्रजातिका ४ सय ६९, २१ मा २३ प्रजातिका ४ सय ७९, २२ मा २० प्रजातिका ४ सय ९८, २३ मा २४ प्रजातिका २ सय ९४ र २४ मा १९ प्रजातिका ३ सय ६२ चरा भेटिएका थिए । रूपातालमा ड्याम बन्दै गरेर पुरिएको, वेगनासतालमा अतिक्रमण, तालको छेउमा बाटो निमार्ण हुँदा समेत चराको सङ्ख्यामा कमी आएको हो ।

विजयपुर खोलामा १० प्रजातिका ४३ पानी चरा भेटिएका छन् । जहाँ सन् २०२० मा ६ प्रजातिका ६६, २१ मा ८ प्रजातिका ८६, २२ मा ६ प्रजातिका २६, २३ मा ७ प्रजातिका ६३ र २४ मा ११ प्रजातिका ९९ चरा भेटिएका थिए । दिपाङ तालमा १३ प्रजातिका २ सय १७ पानी चरा भेटिएका छन् । जहाँ सन् २०२० मा १० प्रजातिका ४९, २१ मा ६ प्रजातिका ६५, २२ मा १५ प्रजातिका १ सय ७५, २३ मा ११ प्रजातिका ९९ र २४ मा १७ प्रजातिका १ सय ७३ चरा भेटिएका थिए ।

फेवा तालमा ५२ प्रजातिका २ हजार १२ पानी चरा भेटिएका छन् । सन् २०२० मा ४३ प्रजातिका १ हजार ३ सय ५५, २१ मा ४४ प्रजातिका १ हजार ८ सय ३८, २२ मा ४४ प्रजातिका १ हजार २ सय ५४, २३ मा ५२ प्रजातिका १ हजार ४ सय ५८ र २४ मा ४३ प्रजातिका १ हजार ५ सय ९१ चरा भेटिएका थिए ।

गुँदे तालमा १३ प्रजातिका ३ सय १ चरा भेटिएका छन् । जहाँ २०२० मा १५ प्रजातिका ७५, २१ मा १० प्रजातिका २ सय २७, २२ मा १२ प्रजातिका ६ सय ३२, २३ मा ११ प्रजातिका ३ सय ४७ र २४ मा ८ प्रजातिका २ सय ३३ चरा भेटिएका थिए । २०१६ मा रेकर्ड गरिएको चरा गुँदे तालमा आएको छ । नयाँ रेकर्ड भएका चरा समेत छन् । चरा घट्ने बढ्ने भइरहेको टाइगर माउन्टेन पोखरा लजका नेचरगाइड समेत रहेका क्षेत्रिय संयोजक चौधरीले बताए ।

कमल पोखरीमा ५ प्रजातिका १४ पानी चरा भेटिएका छन् । जहाँ सन् २०२० मा ७ प्रजातिका ५७, २१ मा ५ प्रजातिका २३, २२ मा ९ प्रजातिका ४२, २३ मा १ प्रजातिका ६ र २४ मा ४ प्रजातिका २३ चरा भेटिएका थिए । कमलपोखरीमा मानविय अतिक्रमणका कारण चराहरूको सङ्ख्यामा कमी आएको क्षेत्रिय संयोजक घिमिरेले बताए ।

खास्टे तालमा १६ प्रजातिका १ सय ८९ पानी चरा भेटिएका छन् । जहाँ सन् २०२० मा ११ प्रजातिका ४ सय ७५, २१ मा १५ प्रजातिका १ सय ७२, २२ मा ८ प्रजातिका ४४, २३ मा १४ प्रजातिका १ सय ९७ र २४ मा १८ प्रजातिका २ सय ९४ चरा भेटिएका थिए ।

मैदी तालमा १० प्रजातिका १ सय २१ पानी चरा भेटिएका छन् । सन् २०२० मा ५ प्रजातिका ३३, २१ मा ५ प्रजातिका ३१, २२ मा ११ प्रजातिका २ सय ६६, २३ मा ९ प्रजातिका ६८ र २४ मा १३ प्रजातिका १ सय २१ चरा भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0