पोखरा। सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका सचिव गान्धीराज गिरीले सरकारले समयमा भाडा समायोजन नगर्दा समस्या आएको बताएका छन् । एकीकृत यातायात मजदुर सङ्गठन नेपाल गण्डकी प्रदेश समितिले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ट्याक्सी व्यवसायी मिटर समायोजन गर्न तयार भएपनि समायोजन गर्न समय लाग्ने भएको कारण तोक्न नसकेको बताए । ट्याक्सीले लुटे भन्ने खालको सबै जनमानसमा परेको भएपनि सत्य त्यस्तो नभएको दावी उनको छ । पठाउ र इन ड्राइभको विषयमा आफूहरू तयार भएको र आफूहरूको लागि समेत सरकारले एप्स खोलिदिनु पर्ने बताए ।

रातोप्लेटका दुई पाङ्गे र चार पाङ्गे सवारी साधनलाई ऐन संशोधन गरेर ल्याउन खोजेको भन्दै आफूहरू त्यसको विरोधमा रहेको स्पष्ट पारे । दुई चरणको आन्दोलन गरेर वार्ता तथा संवादबाट हल खोलौँ सकभर बन्द हडताल नगरौँ भनेर व्याग भएर बसेको उनको दावी छ । सङ्घीय ऐन संशोधन नभइ प्रदेश सरकारले ल्याउन लागेको कार्यविधि आफूहरूले स्वीकार गर्न नसक्ने उनले खुलाए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रिय उपाध्यक्ष ऐन कुमार साईले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई काङ्ग्रेस सभापति शेरबहादुर देउवाले थर्काउदा पनि उनले नटेरेको दावी गरे । यातायात मन्त्रीले समेत आन्दोलन गरे रोकिन्छ नत्र मुख्यमन्त्रीले नियतबस कार्यविधि बनाउदै छन् भन्ने भएपछि यो विषयमा महासङ्घमा कुरा भइरहेको उनले बताए । आफूहरूको माग एप्स नचलाउने नभइ रातो प्लेटको सवारी साधनलाई कालो प्लेटमा ल्याएर मात्र गर्नु भन्ने रहेको खुलाए । विदेशी एप्स भन्दा नेपाली एप्स चलाउनु पर्ने महासङ्घको माग रहेको उनले बताए ।

एकीकृत यातायात मजदुर सङ्गठन नेपाल गण्डकीका अध्यक्ष तिल बहादुर विश्वकर्माले बसपार्क व्यवस्थित नहुँदा समस्या भएको बताए । व्यवस्थित तरिकाले गाडी चलाउने चाहना भएपनि राज्यले ध्यान नदिएको कारण गाह्रो भएको बताए । व्यवस्थित नभएको कारण यात्रुको लागि हानालुछि हुनेको गरेको उनको भनाइ छ ।

सार्वजनिक यातायातका श्रमिकहरूसँग दैनिक र मासिक रुपमा शुल्क उठाइ सत्ताधारी मजदुर नेताले तलब भत्ता खाने र अर्कातिर निजी दुई पाङ्गे तथा चार पाङ्गे सवारी साधनको हितमा राइडर्स युनियन नेपाल को कमिटी बनाउने जस्ता क्रियाकलापको गण्डकी प्रदेश सहित देशभर विरोध भण्डाफोर अभियान सञ्चालन गर्नको लागि एकीकृत यातायात मजदुर सङ्गठन नेपाल गण्डकी प्रदेश समितिले आग्रह समेत गरेको छ । पत्रकार सम्मेलनको सञ्चालन सुरज अधिकारी बज्रले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0