पोखरा  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको सम्भावनालाई उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङ्गेसाँघु, पट्नेरीमा जारी कोटिहोममा बिहीबार प्रमुख अतिथिको रुपमा सहभागि मन्त्री भट्टराईले पट्नेरीको विकासमा जनतासँगसँगै रहेको बताइन्

‘यहाँहरूले दुईदुई पटक निर्वाचित गराइसक्नुभएको छ, म यहाहरूसगैँ छु, यहाँहरू सबैको माया र सद्भावले अगाडि बढिरहेको छु’ उनले भनिन् । ‘सेती नदी माथि रहेको गुफामा जानका लागि आवश्यक संरचना बनाउन तपाईँहरूले माग गर्नुभएको छ यसका लागि मेरो सहयोग रहन्छ’ उनले भनिन् ।

 यस क्षेत्रको विकासका लागि स्थानीयले तयार गरेको परियोजनालाई बजेटको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयमा पहल गर्ने मन्त्री भट्टराईले आश्वासन दिइन् । कोटिहोमका संकल्पकर्ता शोभाकान्त ढकालले यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थान बनाउन सकिने अथाह सम्भावना रहेको जानकारी गराए । सरकारी स्तरबाट बजेटको व्यवस्था गर्न सके ढुङ्गेसाँघु, पट्नेरी सेती नदि माथि रहेको गुफामा पर्यटक जानको लागि आवश्यक संरचना बनाउने सोचँ सुनाए । २ करोड रुपैयाँ लगानी गर्न सके यस क्षेत्रमा सयौँ पर्यटक आउने र पर्याप्त आम्दानी समेत गर्न सकिने सम्भावना रहेको उनले जानकारी गराए । 

धाममा १०८ शिवलिङ्ग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र स्थापना गर्ने उद्देश्यका साथ कोटीहोमको आयोजना गरिएको संकल्पकर्ता ढकालले मन्त्री भट्टराईलाई अवगत गराएका थिए । गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ प्रमुख बाचक शोभाकान्त ढकाल(कृपालु दास), दिग्दर्शन बाचक शिरोमणि दीपक सापकोटा, भागवतमन्जरी पुज्य राधाकिशोरी दासीले लगायतले कथा बाचन गर्नुका साथै हरेक दिन आमन्त्रित कथावाचकले कथावाचन गर्ने यज्ञका संयोजक नारायण भण्डारीले जानकारी दिए । प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) को धार्मिक पर्यटकीय केन्द्र बनाउने संकल्पलाई पुरा गर्न अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिले कोटीहोमको आयोजना गरेको हो । मंसिर २७ गतेसम्म कोटिहोम सञ्चालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0