पोखरा । नेपाली काँग्रेस कास्की र नेकपा एमाले कास्कीको दुई दलीय संयन्त्रको बैठक विहीबार बसेको छ । कास्की काँग्रेसका सभापति किशोरदक्त बरालको अध्यक्षतामा बसेको बैठकले विभिन्न दुई वटा निर्णय गरेको छ ।

बैठकले दुई दलीय सयन्त्रले प्रधानमन्त्री के.पी शर्मा ओलीसँग भेटघाट गरी पोखराको विकास निर्माण बारे जानकारी गराइएको विषय उपलब्धिमूलक भएको निष्कर्ष सहित समय उपलब्ध गराउने प्रधानमन्त्री प्रति हार्दिक आभार व्यक्त गरेको छ । त्यस्तै पोखरा महानगरपालिकाका विविध समस्या समाधानका लागि पहल र सहजिकरण गर्ने पनि निर्णय गरेको बैठकमा सहभागि कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

बैठकमा नेकपा एमालेको तर्फबाट केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज कृष्ण थापा, जिल्ला अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री र कास्की काँग्रेसका उपसभापति युवराज कुँवर सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0