पोखरा । नेपाल फर्निचर फ्याक्ट्रीको शाखा पोखरामा विस्तार भएको छ । पोखरा ५ पर्स्याङमा सञ्चालनमा आएको शाखाको सोमबार ब्रान्ड एम्बेसडर समेत रहेका सञ्चारकर्मी अपिल त्रिपाठीले उद्‌घाटन गरे । त्रिपाठीलाई नेपाल फर्निचरले एम्बेसडरको रुपमा हालै नियुक्त गरेको हो ।

झण्डै १२ वर्षदेखि सञ्चालनमा आइरहेको यस फर्निचरले यस अगाडि काठमाडौँ, चितवन र बुटबलबाट सेवा प्रदान गरिरहेको थियो । चौथो शाखाको पोखरामा सेवा विस्तार गरिएको सञ्चालक सुजन अधिकारीले जानकारी दिए । उनले नेपालका जुनसुकै ठाउँमा पनि राम्रा फर्निचर डेलिभरी दिन सक्ने ग्राहकलाई सन्तुष्टि दिलाउन सक्ने क्षमताका साथ नेपाल फर्निचर फ्याक्ट्रि प्रालिले सेवा दिइरहेको बताए ।

नेपालमा नै बनेको उत्पादनबाट तयार भएका फर्निचरका सामान पोखराका ग्राहकलाई विशेष सुविधाका साथ दिने उद्देश्यले शाखा विस्तार गरिएको उनको भनाइ छ ।

नेपाल फर्निचरका ब्रान्ड एम्बेसडर त्रिपाठीले फर्निचर फ्याक्ट्रीको प्रवर्द्धनमा सहयोग पुर्‍याउनका लागि आधिकारिक रुपमा जोडिन पाउँदा खुशी लागेको बताए । यो फर्निचर फ्याक्ट्रीले पोखराको प्रतिष्पर्धा बजारमा आफूलाई खरो उतार्न सकोस् भन्ने शुभेच्छा उनले प्रकट गरे । ग्राहकलाई सुलभ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने उनको विश्वास थियो ।

नेपाल फर्निचरले सोफा, बेड, दराज, डाइनिङ टेबुलहरू लगायत विभिन्न डिजाइनका फर्निचरहरू उपलब्ध गराउनेछ । धेरै सङ्ख्यामा तयारी अवस्थामा फर्निचर भएपनि ग्राहकले आफ्नो कोठाको साइज अनुसार डिजाइन अनुसार बनाउन समेत सक्नेछन् । चारवटा शाखामा गरेर ५ करोड भन्दा बढी लगानी भएको तथा पोखरा शाखामा मात्र १ करोड भन्दा बढी लगानी भएको सञ्चालक अधिकारीले बताए । यहाँ न्यूनतम २५ हजार मूल्य देखि २ लाखको हाराहारी मूल्यका कर्नर सोफा उपलब्ध छन् ।

नेपाल फर्निचरको सबै शाखामा गरेर प्रत्यक्ष अप्रत्यक्ष रुपमा १ सय जनाले रोजगार पाएका छन् । शाखा शुभारम्भको अवसरमा यो महिना फर्निचर सामाग्री खरिद गर्नेलाई ५ देखि २५ प्रतिशत सम्म छुट प्रदान गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0