पोखरा । प्रदिप श्रेष्ठलाई बेष्ट फोटोग्राफर अवार्ड प्रदान गरिएको छ । फोटोग्राफर संघ गण्डकीले आयोजना गरेको मिराज राष्ट्रिय बैवाहिक फोटोग्राफी प्रतियोगितामा उत्कृष्ट बन्दै उनले १५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित अवार्ड हात पारे ।

विधागत रुपमा समेत उत्कृष्ट छनोट गरिएकोमा मोमेन्ट क्यापचरिङ विधामा सुशील अधिकारी, बेष्ट कपल पोजिङमा कृष्ण सापकोटा, बेष्ट टिपिकल कल्चरमा प्रदिप श्रेष्ठ, बेष्ट कलरिङ एण्ड रिटचिङमा अभि घिमिरे, प्रोटेट अफ दि एयर विधामा नन्दु श्रेष्ठ विजेता बने ।

यसैगरी नेचर एण्ड ल्याण्डस्केप फोटोग्राफी प्रतियोगितातर्फ सजिनमणि पौडेल विजेता बने । उनले १० हजार नगद सहित अवार्ड हात पारे ।

फोटोग्राफर संघ गण्डकी प्रदेशको चौथो साधारण सभा तथा दोस्रो अधिवेसनको अवसर पारेर पुरस्कार वितरण गरिएको हो । उनीहरूलाई फोटोग्राफर संघका केन्द्रिय अध्यक्ष महेन्द्रप्रसाद उपाध्याय, गण्डकी अध्यक्ष दुर्गाप्रसाद पौडेल, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी लगायतले पुरस्कार हस्तान्तरण गरे ।

प्रतियोगितामा देशभरबाट २ सय फोटोग्राफरले भाग लिएको फोटोग्राफर संघ गण्डकीका सचिव तुलसीराम सुवेदीले जानकारी दिए । प्रतियोगिताका संयोजक भक्त्त तामाङले मिराज राष्ट्रिय बैवाहिक फोटोग्राफी प्रतियोयोगिता चार वर्ष अगाडिबाट सुरु गरेको बताए । पछिल्ला दिनमा फोटोग्राफी क्षेत्रमा निखारता आएको अनुभव आफूले गरेको पुरस्कारको लागि अक्षयकोष स्थापनाकर्ता समेत रहेका उनले खुलाए । प्रतियोगिताको लागि १२ सय फोटो प्राप्त भएको उनको भनाइ थियो । प्रतियोगिताको जुरी निर्णायक मध्येका एक राज बुढाले प्रविधिका कारण समेत फोटोग्राफीको नयाँ विषयवस्तुको बारेमा यो पेशामा लाग्नेले जान्नुपर्ने बताए । यो पेशामा यूवालाई आकर्षित गर्नुपर्नेमा उनको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0