पोखरा । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज म्याद थपको लागि अदालतमा लगिने भएको छ । कार्तिक २ गते पक्राउ परेका लामिछाने माथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भैरहेको छ ।

लामिछानेलाई कास्की जिल्ला अदालतबाट पहिलोपल्ट ६ दिन र दोस्रोपल्ट ७ दिन हिरासतमा राखेरै अनुसन्धान गर्नको लागि म्याद थप भएको थियो । दोस्रोपल्ट थपिएको म्याद कार्तिक १४ गते सम्म थियो । कार्तिक १५ गते म्याद थपको लागि अदालतमा पेश गर्नुपर्ने भएपनि तिहार बिदाका कारण अदालत बन्द हुँदा आज लगिन लागिएको हो ।  उनीसँगै अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका छविलाल जोशी, लिला पछाई‌ं र रामबहादुर खनाललाई समेत आजै अदालतमा लगिनेछ । उनीहरू माथिको अनुसन्धान जारी रहेको कास्की प्रहरीको भनाइ छ ।

यसैबीच रास्वपा सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको दावी गर्दै विरोध प्रदर्शन गर्दै आएको रास्वपाले आज पोखराको जिरो किमिमा रहेको कार्यालयमा “राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यवद्धताको लागि” भन्दै कार्यक्रम गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0