हङकङ । नेपालीहरूको महान चाड बडादसैँको अवसरमा हङकङमा साँगीतिक कार्यक्रम हुने भएको छ । दीप समाज हङ्कङको आयोजनामा “दीप साँझ” हुने भएको हो । कार्यक्रममा पोखरेली ब्याण्ड “ओपन सी” र चर्चित गायिका मेलिना राईको प्रस्तुति रहने दीप समाज हङ्कङका अध्यक्ष गोकुल गुरुङले बताए ।

कार्यक्रममा ब्याण्डबाट गायिका अजुदा थापा, गायक सन्तोष बस्याल र गायिका प्रिया गुरुङले प्रस्तुति राख्नेछन् भने बाद्यबादन तर्फ ड्रमसेटमा सुनिल थापा, तबलामा राजा मुखिया, लिड गितारमा अमित गुरुङ्ग, किबोर्डमा महिपाल लामा र बेस गितारमा अनिल गुरुङको प्रस्तुति रहनेछ ।

हङ्कङको रिच गार्डन रेष्टुरेण्ट जेडी मल (जोर्डन कोरियन रेष्टुरेण्ट बिल्डिङ) मा १९अक्टुबर २०२४ मा हुने कार्यक्रम दीप साँझको छैटौँ संस्करण हो । हङ्कङको समयानुसार साँझ ७ः३० बजेबाट सुरु हुने कार्यक्रममा ओपन “सी” ब्याण्डले नेपाली नयाँ पुराना गीत प्रस्तुत गर्नेछ भने गायिका मेलिना राई आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने सचिव अंशु रानाले जानकारी गराए । संस्कृति संरक्षण गर्ने उद्देश्य स्वरुप हङ्कङमा रहेका नेपाली मनहरूलाई जोड्ने कार्यक्रम दीप साँझ भएको भनाई उनको छ । कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको उनले बताए ।

कार्यक्रमलाई सफल पार्न हङ्कङमा प्रचारप्रसारलाई समेत तीव्र पारिएको छ । कार्यक्रमका लागि अग्रीम टिकट बुकिङ समेत खुला गरिएको छ । कार्यक्रम सफल हुनेमा दीप समाज हङकङ विश्वस्त छ । कार्यक्रमका लागि नेपालबाट कलाकारहरू ३० अक्टुबरमा हङकङ प्रस्थान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0